उमाकान्त पाण्डे/दुबइ बैशाख ६ – अघिअघि ६ बर्षिय छोरो , पछि भारीबोकेकी आमा । छोरालाई छिटो पाइला चाल्न भन्दै लौरी लगाएको एउटा घटना क्रमले २०४९ सालमा यो शब्द कोरियो । रक्तिम अध्यक्ष जनगायक जीवन शर्माले स्टेजमा भूमिका जोडेर गाउँन थाल्नु भयो ।
‘सुकेर जादैन , रोकेर रोकिदैन ,
भारी खेप्ने खेतालाको यहीहो जीन्दगानी ,
झरनाको चिसो पानी ….
सयुत्त अरब एमिरेट्स यूएईको बर दुबइमा रहेको एक होटलको सभाहलमा उपस्थित ६ सय बढी दर्शकले ताली बजाए । धेरै नेपाली हात उठाउदै ताली पिट्दै हाउभाउ साथ उभिएर नाच्न थाले । ४८ डिग्रीको बाहिरी तापक्रम , खचाखच भरिएको हल , कलाकारको बेजोड प्रस्तुतीले उकुसमुकुस बनाएको थियो ।
करीब ५ सय जना अटाउन सक्ने क्षमताको हल खचाखच भरिएर गेटमा आएका दर्शक समेत रत्तिमको प्रस्तुती हेर्न नपाई फर्किए । अर्घाखाँचीका तोम लाल भुसालले रत्तिम आफुलाई मन पर्ने सास्कृतिक परिवार भएकोले दुई दिनको बिदा लिएर यूएईको रसअलखेमा बाट कार्यक्रम हेर्न आएको भए पनि टिकट प्रवेश पाउन नसके पछि भिडभाड मात्र हेरेर चित्त बुझाएको प्रतिकृया दिनु भयो ।
रत्तिम सास्कृतिक परिवारका अध्यक्ष जीवन शर्मा , उपाध्यक्ष दल बहादुर विक र सदस्य मन्जु राना र जीवन पुन (अर्घाखाँची) बाट रत्तिम साझ का लागि यूएई आउनु भएको थियो ।
जीवन र मन्जुले रत्तिमको जोसिलो नाच प्रस्तुत गरेका थिए । हातमा लौरी , नेपालको झन्डा अकिंत पहिरन र जोसिलो न्रित्यले उपस्थित दर्शक युद्दकालिन समयमा नेपाली सास्कृतिक प्रस्तुतीमै भएको आभास दिलाउथ्यौ ।
नेपाली नागरिक बिदेशमा गएर लड्नु पर्ने अवस्थाको यथार्थतालाई मडी थापाको शब्दमा जनगायक जीवन शर्माले आफुले स्वर भरेको बताउदै विस २०४३ सालमा मडी थापाले लेखेको शब्दलाई उपस्थित दर्शक माझ प्रस्तुत गर्नु भयो ।
‘फोकल्यान्डको टापु बाट , जङगलको बिच बाट
लेखिरहेछु चिट्ठी तिमीलाई
लडाईंको मैदान बाट’
क्यामरा छोपेर भिडियो तथा तस्विर कैद गरिरहेका पत्रकार सकंल्प खनाल जुरुक्क उठेर हाउभाउ सहित नाच्न थाले । उनलाई साथ दिदै थिए पत्रकार महासंघ यूएई शाखाका उपाध्यक्ष भूपराज बस्याल । साथमा यूएईमा रहेका अन्य नेपाली संघसस्थाका प्रतिनिधि पनि उठेर नाचिरहेको देखिन्थ्यौ ।
आधा दर्जन बढी सास्कृतिक कोसेली पस्किएका गायक जीवन शर्माले बाग्लुङ , गुल्मी , अर्घाखाँची , झापा, सुनसरी , पर्वतका दर्शकलाई चिन्न समेत भ्याउनु भयो । सबै नेपाली सिङो नेपालको तस्विर आफुले देखिरहेको भन्दै दर्शक दिर्घामा पुगेर समेत गीत गाउँदै गायक जीवन नाचीरहनु भएको थियो ।
सेताम्य कपाल फुलेका जीवन , सेतो सर्ट र खैरो रङको कटन पाइण्टमा स्टेजमा आउनु भएको थियो ।
‘हत्केलामा जीवन राखी कोही साथी अरबको खाडीमा’ , ‘यस् पाली त यस्तै भो आमा अर्को पाली आउने छु दसैंमा ‘ जीवन शर्माका गीतहरुमा आफुले भोगेका यथार्थता भित्रको सुस्केरालाई शब्द र सङ्गित द्दारा सम्बोधन हुँदा धेरै दर्शकका आँखा रसाएका थिए।
जिबन शर्माको स्वर,दलबहादुर बिकको सङ्गित्,जिबन पुन र मन्जु राना को न्रित्य बिर्सन नसक्ने थियो । ‘क्रान्ती आँफै आउन्न’ र सिमली छायाँमा बसी, जस्ता गीतहरुले दर्शकलाई उचालिरहेको थियो । आफ्नो कथानै जीवनले गाउँनु भयो भन्दै रोल्पाकी मिना थापा स्टेजको बिचमा रहेको पिल्लरको आड लागेर १५ मिनेट रोइरहनु भयो ।
यूएई रत्तिम परिवारका अध्यक्ष दल बहादुर भण्डारीको अभिनयले धेरै दर्शकलाई भाबुक बनाएको थियो । रत्तिमकै दिपक शाह र सुर्य बिसीले प्रगतीशिल शब्दमा स्वर थप्दै आफ्नो प्रस्तुती देखाउनु भयो । सीता श्रीस , दल बहादुर भण्डारी र बाल कलाकार करीस्मा ढकालको प्रस्तुतीले धेरै दर्शकलाई मौन बनाएको थियो ।
रत्तिम परिवारको प्रस्तुती देखेर आर्थिक सहयोग पनि जुटेको थियो । रत्तिमको प्रस्तुती देखेर प्रभावित भई यूएईमा केही समय अगाडि बाट पत्रकारिता गर्दै आएका युगल जोडी झापाका शेखर चापागाइ ,र बुनु उप्रेतीले रत्तिमको एउटा भिडियो छायाकंनको सम्पूर्ण जिम्मा आफुहरुले लिने घोषणा गर्नु भयो ।
कार्यक्रममा रत्तिम अभियान नेपालका उपाध्यक्ष दल बहादुर विकको ‘काल कोठरीका ति दिन’ नाम कृति समेत विमोचन गरियो ।
यूएई नेपाली एकता समाजले नयाँ बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाली दुतावास आबुधाबीका राजदुत धनन्जय झा प्रमुख अतिथि , समाजसेवी कृष्ण ढकाल , तथा ब्यबसायी छविलाल कुवर बिशेष अतिथी, हुनुहुन्थ्यौ भने यूएईमा रहेका ३ दर्जन बढी संघसस्थाका प्रतिनिधि तथा पत्रकार अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यौ । रत्तिम परिवारका केन्द्रिय उपाध्यक्ष कलाकार दल बहादुर विक र आयोजक एकता समाजका उपाध्यक्ष मेघराज खनालको सयुत्त सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण केसीले गर्नु भएको थियो ।