बिष्णु रिजाल
अप्रिल १९, २०१४ – बार्सिलोना, स्पेन। गैर आबासीय नेपाली संघ सातौ युरोपियन बैठक तथा पाचौ महिला सम्मेलन स्पेनको बार्सिलोना शहरमा यहि जुन ७ र ८ तारिक हुन् गैरहेको सबैलाई सर्ब बिबिदै छ | युरोप भित्र का सबै देश हरुका एन आर एन एन सि सि हरुको प्रतक्ष तथा अन्य एन सि सि र आइ सि सि को पनि उपस्थित रहनेछ |बैठक तथा सम्मेलन लाइ सार्थक र परिणाम मुखी बनाउनका लागि एन आर एन युरोपियन संयोजक श्री अर्जुन कुमार श्रेस्ठ , उपसंयोजक श्री सोम सापकोटा तथा अन्तरास्ट्रिय महिला उपसंयोजक श्री रजनी प्रधान को समुपस्थितिमा रास्ट्रीय समन्यन समिति स्पेन को पूर्ण बैठकले बिभिन्न तयारि समितिहरु गठन गरि कार्य सम्पादन लाइ अघि बढाएको छ ।
युरोपियन संयोजक श्री अर्जुन कुमार श्रेस्ठ का अनुसार बैठकमा उपस्थितिको लागि अन्तरास्ट्रिय समन्यन समितिका सदस्यहरु ज्युहरु ,पदाधिकारि ज्युहरु ,संरक्षक ज्युहरु , सल्लाहकार ज्यु हरु तथा नेपाल सरकारका पररास्त्र मन्त्रि ,उच्चपदस्थ अधिकारि , युरोप अबस्थित नेपाल सरकारका राजदुत ज्युहरु संग सम्पक भैरहेको कुरा जनाकारी गराउनु भएको छ | नेपाल र नेपालीको पहिचानलाइ युरोपमा बिस्तार तथा प्रभाबकारी बनाउने मनोभाब का साथ नेपालि कला सस्कृति पर्यटन लाइ प्रबर्धन गर्न यो बैठक अग्रगामी हुनेमा बिस्वस्त हुदै युरोपियन उपसंयोजक श्री सोम सापकोटा ले सहयोगको लागि सम्बन्धित सबैमा अपिल गर्नु भएको छ | स्पेन सरकारका तर्फबाट उच्च स्तरीय अधिकारी लाइ कार्येक्रममा सहभागी गराउने प्रयत्न भएकाले स्पेन र नेपाल बिचको द्विपक्षीय सम्बन्ध सुधारको लागि कोशेढुंगा सावित हुने आशा राख्दै कार्यक्रम सम्पन्न पर्न ठुलो चुनौती भए पनि एन र एन स्पेनले यसलाई अवसरको रुपमा लिएको समन्यन समितिका अध्क्षय श्री एकराज गिरी ले बताउनुभयो | त्यसैगरि आइ सि सि सदस्य स्पेन तथा फन्ड राईजिंग कमिटिक संयोजक श्री दीपक खरेल ले सो सम्बधि क्रियाकलापलाई तदारुकता मा साथ अघि बढाएकाले केहि दिनमा यसबारे समिक्षा गरिने जानकारी दिदै आर्थिक तथा अन्य सहयोग गर्न चाहने महानुभाव तथा संघ/सस्थाहरुले गर्न सक्ने जानकारी दिनु भयो ।
होटेल तथा टुरिज्म ब्यबस्थापन समितिका संयोजक श्री निरज कुमार पोख्रेल ले सो सम्बन्धि कार्य अधिकांश तयारि भैसकेकाले सहभागी हुनेहरुले समयमै होटल बुकिंग को लागि एन आर एन एन एन सि सि स्पेन लाइ यथासिग्र सम्पर्क गर्न जनाकारी दिनु भएको छ | भिषा आबस्यक पर्ने सहभागी हरुले जतिसक्दो चाडो आफ्नो डकुमेन्ट पठाई भिषा प्रोसेसको लागि स्पोन्सर लेटर प्राप्त गर्नु पर्ने भएकाले सम्बन्धित सबैको ध्यान केन्द्रित गर्नका लागि भिषा तथा रजिस्ट्रेसन ब्यबस्थापन समितिका संयोजक श्री सन्दिप मोहन भट्टराइ ले अपिल गर्नु भएको छ |त्यसैगरी स्वागत ब्यबस्थापन समितिका संयोजक श्री अर्जुन आचार्य , भोजन ब्यबस्थापन समिति का संयोजक श्री हेमन्त रानाभाट , भेन्यु ब्यबस्थापन का संयोजक श्री कृष्णहरि कंडेल , स्वम्सेबक ब्यबस्थापन समितिका संयोजक श्री राजु थापा , सास्कृतिक कार्यक्रम समितिका संयोजक श्री शन्तोष श्रेष्ठ , माइग्रेसन समस्या टिपोट समितिका संयोजकमा श्री चिन्तामणि सापकोटा , बैठक तथा सम्मेलन सम्पन्न पार्न मिडिया संयोजक मा श्री बिष्णु रिजाल लाइ जिम्मेबारी दिदै कार्य अघि बढेको छ | आबस्यकता अनुसार अन्य समिति तथा उपसमिति बनाउने कुरा एन सि सि स्पेन का अध्यक्ष ले बताउनु भयो।
बिभिन्न राष्ट्रमा छरिएर रहेका अनेकन नेपालि हरु बिचमा एकता र त्यहि एकता को बलबाट अनेकन सम्भाबना खोजि गर्दै युरोप बस्ने नेपालीहरुको अधिकतम हित , नेपालको पर्यटन प्रबर्धन ,कला , सस्कृति ,नेपाली बजारको प्रबर्धन लाइ गैर आबासीय नेपालि हरुले आफ्नो चासो र प्रतिष्ठाको रुपमा लिएका छन् | यस युरोपियन रिजनल मिटिंग तथा महिला सम्मेलन सम्बन्धि बुलेटिन हरु अब समय समय मा मिडियामा सार्बजनिक गरिने छ ।