युवराज कंडेल – बुटवल । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु नभएको गुनासो बढिरहेको बेलामा बुटवल स्थित कालिका उमाविमा भने धेरै बिद्यार्थीहरु भर्ना हुन आएकोले समस्या भएको छ।
विद्यालयले कक्षा ६ देखि ९ सम्म ६० सिटमा भर्ना खोलेकोमा त्यो भन्दा छ गुना बढी बिद्यार्थीहरुको भर्नाको लागि आवेदन परेको विद्यालयले जनाएको छ ।
कक्षा ६ र ७ मा भर्ना हुन चाहने प्रत्येक विद्यार्थीले ६ जना संग प्रतिष्पर्धा गर्नु पर्नेछ भने ८ र ९ कक्षामा भर्ना हुन चाहने प्रत्येक विद्यार्थीले १२ जना संग प्रवेश परीक्षामा प्रतिष्पर्धा गर्नु पर्नेछ।
कक्षा ८ र ९ मा पहिले नै क्रमश ५ र ७ सेक्सनाहरु भएको र विद्यालयमा शिक्षक र कक्ष कोठाको सीमितताले गर्दा धेरै भर्ना गर्न नसकिने विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिए।
विद्यालयमा साधारण र प्राविधिक तर्फ कम्प्युटर इन्जिनियरिंग विषयमा पठनपाठन भैरहेको छ। साधारण तर्फ आज प्रवेश परिक्षा हुने र प्राविधिक तर्फको प्रवेश परिक्षा बैशाख १४ गते हुने विद्यालयले जनाएको छ।