रुकुम, बैशाख ७ । रुकुमका ग्रामिण भेगका वनमा ब्यापक फडानी हुन थालेको छ । स्थानीय बासिन्दाले मनोमानी ढङ्गले वन फडानी गर्न थालेपछि वन मासिंदै गएको छ ।
स्यालाखदी, गोतामकोट, सिम्लीलगायतका गाविसका सामुदायिक वन उपभोक्ताले घर बनाउन र दाउराका लागि वन कटानी तीब्र बनाएका हुन् ।
सामुदायिक वन फडानी गरेर खेतीयोग्य जमिन समेत बनाउन थालिएको छ ।
मनोमानी ढङ्गले वन फडानी भैरहँदा पनि सम्बन्धित निकायले चासो दिएका छैनन् । IMAGEKHABAR