हिमपहिरोमा परी ज्यान गुमाएका र घाइते भएका परिवारलाई गैरआवासीय नेपाली संघले १० लाख रुपैयाँ सहयोग गर्ने

८ बैशाख, काठमाण्डौ । गत शुक्रबार सगरमाथा क्षेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका र घाइते भएका आरोहण सहयोगीहरुको परिवारलाई गैरआवासीय नेपाली संघले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले एक समबेदना सन्देश जारी गर्दै मृतक र घाइतेका परिवारलाई राहत रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।