जापान सरकारले लघु जलविद्युत परियोजना पुनस्र्थापनाका लागि साढे एक अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने

काठमाडौं, वैशाख ९ । जापान सरकारले सामुदायिक लघु जलविद्युत परियोजना पुनस्र्थापनाका लागि साढे एक अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत जापानले १ अर्ब ५७ करोड १० लाख बराबर जापानी येन सहयोग गर्न लागेको हो ।


सहयोग सम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव युवराज भुसाल र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे ।


२ सय ३० किलोवाट क्षमताको बजाङ जलविद्युत परियोजना, २ सय २८ किलोवाटको बाजुरा जलविद्युत परियोजना र २ सय ४० किलोवाटको स्यार्फूडाँडा जलविद्युत परियोजनाको बिग्रिएका प्रविधि मर्मत लगायतका काममा सहयोग रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । IMAGEKHABAR