बर्दिया राष्ट्रिय निकुञ्जको हात्तिसारमा हात्तिले कुल्चिएर एकजनाको मृत्यु

बर्दिया, वैशाख १० । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तिसारमा पालिएको जात्रा कली नामक हात्तिले कुल्चिएर आज एक जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा निकुञ्जमा करारमा कार्यरत पछुवा छोट्की थारु रहेका छन् ।
जंगलमा घांस दाउरा लिएर हात्तिमाथि राख्ने क्रममा जात्रा कलिले जिउबाट झारेर थारुलाई कुल्चिएको थियो । उनिसंगै रहेका अर्का पछुवा सोवित राम थारु भने भाग्न सफल भएका छन् । निकुञ्जबाट अन्य माउते गएपछि मात्र उक्त हात्ति नियन्त्रणमा आएको थियो ।
निकुञ्ज भित्र रहेका हात्तिले मान्छेलाई मारेको यो नै पहिलो घटना भएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा १८ वटा हात्ति छन् भने १० जना माउते र १५ जना पछुवा कार्यरत छन् ।
IMAGEKHABAR

अन्य समाचारहरु