कोशी राजमार्गको भेडेटार सडकखण्डमा जिप दुर्घटना,एक जनाको मृत्यु, ७ जना घाइते

धनकुटा, वैशाख १२ । कोशी राजमार्गको भेडेटार सडकखण्डमा गए राति भएको सडक दुर्घटनामापरि एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 
तेह्थुमबाट धरानतर्फ जाँदै गरेको को१ज ३६९ नम्बरको ल्याण्डरोभर जिप गए राति भेडेटारको सिम्सुवामा ब्रेकफेल भइ दुर्घटना भएको थियो ।
दुर्घटनामापरि मृत्यु हुने भारतीय नागरिक मुन्नाप्रसाद शाह रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।  IMAGEKHABAR

अन्य समाचारहरु