मध्यपुर थिमिको पहिलो पुस्तकालयको साधारण सभा तथा अधिवेशन सम्पन्न

बाबुकाजी श्रेष्ठ

 

१३ बैशाख- मध्यपुर थिमिको पहिलो पुस्तकालयको आज साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । वि.सं. २०१५ सालमा समुदायमा शैक्षिक जागरण ल्याउन समाजसेवी तथा राजनीतिज्ञ स्व. बैकुण्ठहरि साहु श्रेष्ठबाट स्थापना भएको उक्त पुस्ताकालयको लामो समय पछि आज अधिवेशन भएको छ ।


पुस्तकालयका अध्यक्ष दुर्गामोहन श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव बाबुकाजी श्रेष्ठद्वारा प्रस्तुत सचिव प्रतिवेदन र कोषाध्यक्ष चण्डिका श्रेष्ठद्वारा प्रस्तुत कोषाध्यक्ष्ँ प्रतिवेदन सर्वसम्मतबाट पारित गरियो ।

पचपन्न वर्ष लामो इतिहास बोकेको पुस्तकालयलाई नगर स्तरमा विकास गर्ने उद्देश्यका साथ भएको अधिवेशनमा चण्डिका श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त कार्यसमितिमा क्रमशः उपाध्यक्ष्ँ बाबुकाजी श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष रोनाल श्रेष्ठ, सहसचिव राम श्रेष्ठ, सदस्यहरुमा रमेश प्रजापति, सुनिल श्रेष्ठ, विनोद श्रेष्ठ र सुन्दर श्रेष्ठ रहनु भएको छ ।


आगामी दिनहरुमा पुस्तकालयलाई व्यवस्थित गरी नया

अन्य समाचारहरु