मोरङको वनीगामा बस दूर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

बिराटनगर, वैशाख १३ । मोरङको वनीगामा गाउँ विकास समितिमा बस दूर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दूर्घटनामा भोजपुर कुलुङकका मनुहाङ राई र मोरङ वाहुनीका गुजा खवासको मृत्यु भएको हो ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरकै अन्य स्वास्थ्य संस्थामा उपचार भईरहेकोे छ । 
मोरङको कसेनीवाट विराटनगरतर्फ जांदै गरेको वस अनियन्त्रि भई पल्टिएर दुर्घटना भएको हो । IMAGEKHABAR

अन्य समाचारहरु