चीनबाट ल्याएको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौ, वैशाख १४ – नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि चीनबाट ल्याएको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
राष्ट्रिय ध्वजाबहाक वायु सेवा नियमले २८ वर्षमा पहिलो पटक नयाँ जहाज ल्याएको अवसरमा विमानस्थलमा पण्डितको मन्त्रोचारणसहित पूजा गरिनुका साथै पञ्चेबाजा बजाएर स्वागत गरिएको छ।
चीनले  अनुदानमा उपलब्ध गराएको यो जहाजमा ५६ सिट रहेको छ। मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको सो जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ ।
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले सो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए ।