१४ वैशाख, मुगु । मुगुको गमगढी बजारदेखि पूर्वोत्तर भागमा पर्ने पुलु-४, ५ र ६ सरोग गाउँमा एउटा मरेको झोप्के (याक र गाईको ठिमाहा) को मासु खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार मासु खाने अन्य २५ जना सिकिस्त बिरामी परेको अस्थायी प्रहरी चौकी पुलुले जनाएको छ । सञ्चारको सुविधा नभएका कारण खबर पनि समय लागे पनि आजसम्म मृतकको सङ्ख्या बढेको हुन सक्ने आशङ्का गरिन्छ ।
बिरामीको उपचारार्थ स्वास्थ्य टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । दुई वर्षअघि पनि उक्त गाउँमा विषाक्त मासु सेवनबाट पाँच जनाको मृत्यु भएको थियो । रासस