वैशाख १४ । भगवानको प्रसाद भनी लड्डुमा नसालु पदार्थ मिसाई खान दिई लुटपाट गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महासाखा बाट खटीएको टोलीले उनीहरुलाई सनीबार काठमाडौको सोल्टीमोड बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३४ वर्षिय ढुण्डीराज शर्मा र ४७ बर्षिय ज्ञानेश्वर दाहाद रहेका छन् । उनीहरुले सास्तो जग्गा मीलाईदीने प्रलोभन देखाई शान्तीनगर स्थिीतका ४१ वर्षीय टोप बहादुर काफ्लेलाई बुटवलमा लगी लुटपाट गरेको प्रहरीले जानकारी गराएको छ ।उनीहरुले फाफ्लेलाई काठमाडौबाट वुटवलमा लगी लड्डुमा नशालु पदार्थ मीसाएर खान दिएका थिए ।
काफ्ले लड्डु खाएपछी अचेत भएपछी अभियुक्तहरुले उनीसंग भएको ५ लाख ५४ लुटेका थिए । पक्राउ परेका हरुलाई थप अनुसन्धानको लागी वडा प्रहरी कार्यालय बुटवल रुपन्देही मा पठाईएको छ । IMAGEKHABAR