बाबुराम थापा / नई दिल्ली बैशाख १५ । नेपाली कांगे्रसको भातृ संगठनको रूपमा रहेको प्रवासी संगठन नेपाली जन सम्पर्क समिति उत्तर भारत क्षेत्रीय समितिको एघारौ अधिवेशन सम्पन्न भएको छ ।
नया दिल्लीस्थित आईटिओको छात्र शक्ति भवनमा सम्पन्न उक्त अधिवेशनमा केन्द्रिय अध्यक्ष बाल कृष्ण पाण्डे सहित केन्द्रियए क्षेत्रिय समितिका पदाधिरीहरूको र शाखा समिति तथा इकाईका अध्यक्ष सचिव हरू प्रतिनिधि रहेका थिए। अध्यक्ष पदका लागी छ जनाको दर्खास्त परेको भएपनि सर्व सहमत हुन नसकेपछी चुनावी प्रक्रियाबाट टुंगिएको उक्त अधिवेशनमा कृष्ण पाण्डे ११२ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिस्पर्धी टेकराज पोख्रेलले ४६ मत पाएका थिए भने ७ मत रद्ध भएका थिए ।
केन्द्रिय समितिका पदाधिकारी गोपाल कोईराला महाधिवेशन गराउने प्रतिनिधिको रूपमा खटिएर आएका भएपनि पुर्व महामन्त्रि यादव घिमिरे तथा केन्द्रिय संगठन सचिव धनपति सापकोटाको रोहवरमा उक्त चुनाव सम्पन्न भएको हो।
उता महासचिव लगायत १८ जना पदाधिकारी चयन प्रक्रियामा भने २३ जनाको मनोनयन दर्ता भएपनि ५ जनाले आफ्नो मनोनयन पत्र फिर्ता लिएपछि १७ जना पदाधिकारी निर्विरोध चयन भएका छन। चार जना अध्यक्षका लागी क्याण्डिडेटहरू मध्ये भेषराज पौडेलले गोबिन्द पोख्रेललाई समर्थन जनाउदै फिर्ता लिएका हुन भने बाकि 3 जना थानेश्वर पाण्डेए बाबुराम भण्डारी र गोबिन्द पोख्रेलले टेकराज पोख्रेललाई समर्थन गर्दै आफ्नो मनोनयन पत्र फिर्ता लिएका थिए। केहि समय सर्व सहमतको प्रक्रियाबाट टुंगो लगाउने बिषयमा विवाद श्रृजना भएको जस्तो देखिए पनि चुनाव आयुक्तको विशेष पहलमा चुनाबी प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको हो।