कुमारी बैंकको इटहरी शाखाबाट ६ लाख रुपैयाँ चोरी

इटहरी, वैशाख १७ – कुमारी बैंकको इटहरी शाखाबाट ६ लाख रुपैयाँ चोरी भएको छ ।

 

बैंकमा पसेका एक किशोरले बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिको झोला चोरेर भागेका हुन् । इटहरीका गोकुल प्रसाईंले रकम जम्मा गर्न भौचार भर्दै गर्दा झोला चोरिएको प्रहरीले जनाएको छ ।

EKANTIPUR


प्रकाशित मिति: २०७१ वैशाख १७

अन्य समाचारहरु