नवलपरासी, वैशाख १८ । गत वर्षको तुलनामा यस वर्ष नवलपरासीमा सवारी दुर्घटनामा कमी आएको छ । गत वर्ष ५२ दुर्घटनाबाट १ सय ६४ जनाले ज्यान गुमाएका थिए भने तीन सयभन्दा बढी घाइते भएका थिए ।
यस वर्षको असारदेखि वैशाख १२ सम्मको १० महिनामा ३० दुर्घटनाबाट ८५ जनाले ज्यान गुमाएका छन् भने करिब एक सय जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि स्थानीयस्तरमा समिति गठन गरेर सञ्चालन गरिएको सचेतना कार्यक्रम र चेकजाँचका कारण दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या आधा घटेको जिल्ला ट्राफिक कार्यालय परासीले जनाएको छ ।
यसका लागि राजमार्गका नौ स्थानमा दुर्घटना न्यूनीकरण तथा समन्वय समिति बनाइएको छ । IMAGEKHABAR