भक्तपुर, १८ बैशाख – शैक्षिक गणस्तरका साथै अन्य बौद्धिक विकास र विद्यालयस्तरबाटै क्षयरोग नियन्त्रण अभियान संचालन गर्ने उद्देश्यले वागीश्वरी उच्च माध्यमिक विद्यालयको आयोजनामा भएको भक्तपुर जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिताको स्थानीय विकास अधिकारी राजेन्द्रकुमार के.सी.ले पहिलो प्रश्न राख्दै उद्घाटन गर्नुभयो ।
हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै के.सी.ले विगत लामो समयदेखि भक्तपुरमा क्षयरोग नियन्त्रण गर्न नेपाल क्षयरोग निवारण संस्था भक्तपुरसंग साझेदारी कार्यक्रम संचालन गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुका साथै विद्यालयमार्फत अतिरिक्त क्रियाकलापमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना गर्नु भएका वागीश्वरी उ.मा.वि.लाई पनि धन्यवाद दिंदै छिटै नै भक्तपुर जिल्ला क्षयरोग मुक्त जिल्लाको रुपमा पहिचान हुने आशा व्यक्त गर्नुभयो ।
वागीश्वरी उच्च मा.वि.का प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका सभापति बाबुकाजी श्रेष्ठले संस्थाले अहिले कार्यक्रमलाई केन्द्रिकृत नगरी विकेन्द्रिकृत गरी समुदाय, विद्यालय र संघसंस्थामार्फत क्षयरोग अभियान संचालन गरेको बताउनु भयो । अवका दिनहरुमा भक्तपुर जिल्लामा गाउ