काठमाडौं, वैशाख १८ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै विहीबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । यस दिन पनि छापावाल सुन तोलामा ३ सय सस्तिएर ५३ हजार ७ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ५४ हजारमा आइपुगेको थियो ।
यस दिन तेजाबी सुन तोलाको ५३ हजार ४ सय ५० मा कारोबार भयो । चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँ सस्तिएर ७ सय ९० कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रति औंन्स १२ सय ८३ डलरको हाराहारीमा कारोबार भैरहेको थियो । IMAGEKHABAR