ओमानमा १२५ औ अन्तराष्ट्रीय मजदुर दिवस मनाइयो

जि.बि. लामा             
                           
 अप्रिल २ , २०१४ – ओमान नेपाली एकता समाजले १२५ औ मजदुर दिवस मस्कटको कुरुम गार्डेनमा सम्पन्न गरेको छ । 
समाजका प्रथम उपाध्यक्ष धनु क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो समरोहको प्रमुख अथिति अन्तराष्ट्रीय नेपाली एकता समाजका सदस्य शोभाकान्त लामिछाने हुनुहुन्थ्यो । ज्ञात अज्ञात सहिद्हरू प्रति एक मिनेट मौनधारण पश्चात समाजका महासचिब छबिकिरण बस्नेतद्वारा स्वागत मनतब्य राख्दै जी बी लामाको सञ्चालनमा औपचारिक रुपमा अघि बढेको समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै शोभाकान्त लामिछाने ज्युले आज भन्दा करीब १२५ बर्ष पहिले सन १८८६ तीर मजदुरहरूले काम गर्ने कुनै समय सीमा थिएन त्यति खेर मालिकहरूले जति खेर मन लाग्यो त्यति नै खेर मजदुरहरूलाई काममा लगाइन्थ्यो । 
अहिले खाडिमा रहेका महिला कामदारहरुको अवस्था पनि ठीक त्यस्तै रहेको बताउदै अमेरिकाको शिकागो शहरमा मजदुरहरुले पहिलो पटक हामीले पनि आठ मात्र काम गर्न पाउनु पर्छ आठ घन्टा मनोरन्जन र आराम गर्न पाउनु पर्छ भनि आन्दोलन गरेको स्मरण गराउदै सो आन्दोलनको क्रममा अल्बर्ट पार्सन नामक मजदुर नेतालाई त्यहाँको सरकारले फासीको सजाय सुनाउदा सारा मजदुर हरुको हक हितको निम्ती उनले हाँसी हाँसी मृत्युबरण गरेको बताउदै ती सहिद्को सपना पूरा गर्ने बाटोमा लाग्न सके मात्र ति सहिद्को सम्मान हुने र मई दिवस मान्नुको औचित्य हुने बिचार ब्यक्त गर्नु भयो । एकता समाजका अध्यक्ष शिबलाल गिरिले संसारका सारा मजदुरहरुको समस्य एउटै रहेको बताउदै आफ्नो हक अधिकार प्राप्तिको लागी मे दिवसको महत्वलाई आत्मसात गर्दै सबै संगठित हुनु पर्ने कुरामा जोड दिनु भयो । 
सो अवसरमा ओमान नेपाली एकता समाजका महिला बिभाग प्रमुख लक्ष्मी रायमाझी, रक्तिम ओमानका अध्यक्ष भीमलाल गिरी, खेलकूद बिभाग प्रमुख तुलसीराम खनाल, रूवी एरिया समितिका अध्यक्ष टंक आचार्य, अल्खुवैर एरिया समितिका अध्यक्ष बिष्णु अर्याल, अजैबा एरिया समितिका अध्यक्ष नारायण गिरी, घाला एरिया समितिका इन्द्र खनाल लगायतका अतिथिहरुले मे दिवसको ऐतिहाँसिक महत्व माथि आ-आफ्नो बिचार राख्नु भएको थियो । सो सभालाई मर्यादित रुपमा सफल पार्न सहयोग पुर्याउनु हुने महिला तथा सबै महानुभावहरुलाई धन्यवाद दिदै सभाध्यक्ष धनु क्षेत्रिले सभा समापन गर्नु भयको थियो ।