धादिङ, वैशाख २१ – बालुवा खानीमा काम गर्ने क्रममा डिस्को खस्दा बेनीघाट गाविस ८ बिशालटारमा शनिवार साँझ एक युवकको मृत्यु भएको छ ।
ट्याक्टरमा बालुवा राख्ने क्रममा माथिको डिस्को खसेर गजुरी गाविस ४ का २१ वर्षीय लालबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
उद्दारका क्रममा रोकाको मृत्यु भई सकेको प्रहरी सहायक निरिक्षक केशब रायमाझीले जानकारी दिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख २१