बारा – वीरगन्ज पथलैया औद्योगिक कोरिडोरको सिमरा ४ मा आइतबार ट्रकले किचेर एक बालिकाको मृत्यु भएको छ।
पथलैयाबाट वीरगन्ज गइरहेको ना २ ख ६६०४ नम्बरको ट्रकले महोत्तरी, हातीसखुवा ६ संग्रामपुरकी १० वर्षीया अस्मिता यादवलाई किचेको हो।
तीव्र गतिमा ट्रक आइरहँदा बालिका बाटो काटिरहेकी थिइन्। ट्रक र चालक डिमबहादुर पाठकलाई प्रहरीले नियन्त्रमा लिएको छ। NAGARIKNEWS