उमाकान्त पाण्डे-यूएई । बैशाख २४, बैदेशिक रोजगारीका लागि बिदेशिएका नेपाली बिभिन्न सस्था स्थापना गरी संगठित बन्दै गएका छन । परदेशमा काम गरेर बचेको समयलाई उनीहरु आफुले स्थापना गरेको संघसस्थालाई समय खर्चिन्छन ।
बिदेशमा रहेका नेपालीले गाउं,जिल्ला र अञ्चलै पिच्छेका नाममा सस्था स्थापना गरेका छन ।
संयुक्त अरव एमिरेट्स, यूएईमा कार्यरत नेपालीले स्थापना गरेका सामाजिक संघसस्था ७० भन्दा बढी छन । कतिपय संघसस्था त नाम मात्रका भेटिन्छन् भने धेरै संघसस्थाले कतै न कतै सामाजिक सेवामा आफ्नो योगदान दिदै आएका छन ।
परदेशमा काम गर्दा परिआएका समस्यालाई समाधान गर्न ब्यात्ती स्वयम सम्भव नहुँदा खोज्ने भनेको त्यहा स्थापित नेपाली संघसस्था नै हो । समस्यामा परेका नेपाली संघसस्था मार्फत दुतावास पुग्नेहरु धेरै छन ।
यहाँ कार्यरत नेपालीहरुले स्थापना गरेको सबै भन्दा पुरानो माउ सस्था नेपाली समाज यूएई हो । सन १९९० मा स्थापित नेपाली समाज यूएईले सुरुका दिनमा सानो दुतावासको समेत काम गर्ने गर्थ्यौ । दुतावास स्थापना पछि पनि दुतवास सँग समन्वयब गरेर काम गरेको नेपाली समाज यूएईका पुर्व अध्यक्ष समाजसेवी कृष्ण ढकाल बताउनु हुन्छ ।
खाडी युद्धका समयमा उत्पन्न भएको अस्थिरताका कारण कुवेत तथा इराकबाट नेपाली कामदारहरु विस्थापित भइरहेको अवस्थामा यूएईमा कार्यरत नेपालीहरुमा पर्नसक्ने समस्यालाई ध्यानमा राखेर समाजको स्थापना गरिएको थियो । समाजले दुतावास स्थापना हुनु अघि साउदी अरब र पाकिस्तानमा रहेका नेपाली नियोग सँगको समन्ययबमा यहाँ परेका समस्या समाधान गर्ने गरेको भनाइ समाजसेवी कृष्ण ढकालको भनाइ छ ।
यहाँ स्थापित नेपाली संघसस्थाले यूएईमा गाह्रोसार्हो परेका नेपालीलाई सहयोग गर्दै आएका छन । समस्यामा परेका नेपाली सस्थाका प्रतिनिधि मार्फत दुतावासमा पुगे पछि आफ्नो समस्या समाधान गरेका उदाहरण प्रसस्त छन ।
समस्यामा परेका नेपालीलाई सल्लाह-सुझाब दिने देखि समस्या समाधान गर्न पहल गरेको अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काको भनाइ छ ।
यूएईमा स्थापित नेपाली सस्थाले बिदेशमा गाह्रोसार्हो परेका नेपालीलाई मात्र होइन अन्तरास्ट्रिय स्तरमै जिल्ला तथा सस्था निकट सन्जाल बनाएर सामाजिक सेवामा काम गरिरहेका छन । अन्य देशमा समेत रहेका जिल्लाबासीको सहयोग लिएर अर्घाखाँचीका १ सय ३८ बिधालयमा पुस्तकालय तथा शिक्षामा आधुनिकिकरणका लागि पहल गरिरहेको अन्तरास्ट्रिय अर्घाखाँची मन्चका समेत सम्योजक रहेका राजु खड्काको भनाइ छ ।
यूएईमा स्थापित केही सस्थाले यूएईमा मात्र होइन स्वदेशमा समेत सहयोगी हात बढाएका छन । गत बर्ष दार्चुलामा बाढी पहिरो जादा यूएई बाट लत्ताकपडा र आर्थिक सहयोग गरिएको थियो । उता धादिङको ज्यामुङ गाउमा पिउनेपानीका लागि पानी ट्याक्की निर्माण गर्न समेत यूएईमा कार्यरत नेपाली लागि परेका छन । आफुले राम्रो कम्युटर शिक्षा पाउन नसकेका कारण बैदेशिक रोजगारमा अवसर गुमाउनु पर्दाको पिडाले धादिङको गाउंका बिधालयमा कम्युटर शिक्षा अभियानका लागि धादिङका युवाहरु यूएईमा सकृय छन ।धादिङ समाज यूएईका पुर्व अध्यक्ष समेत रहनुभएका भुवन गुरुङले यस् अभियानको नेत्रित्व गरिरहनु भएको छ ।
बैदेशिक रोजगारीका लागि गोरखा जिल्ला बाट यूएईमा आइ गोरखा सेवा समाजको नाममा संगठित गोरखालीहरु मानविय तथा सामाजिक सेवामा सकृय छन । उनीहरुले यूएईमा समस्यामा परेका नेपाली तथा बिभिन्न कारणले ज्यान गुमाएका नेपालीको शब स्वदेश पठाउने कार्य देखि एसएलसी परिक्षामा जिल्ला उत्कृष्ट हुने बिद्यार्थीलाई सम्मान समेत गर्ने गरेकाछन ।
यूएई प्रवासमा सामाजिक संघसस्था मात्र होइन नेपालका ठुला राजनीतिक दलका भात्री सस्था समेत स्थापित छन । ति भागीनी सस्थाले समेत यहाँ रहेका नेपालीलाई परेको समस्या समाधान गर्न नै आफ्नो ध्यान केन्द्रित गरेका छन । आफ्ना हक अधिकारका लागि सम्बन्धित निकाय सम्म पुराएर लड्ने र पर्ने गरेका सबै समस्यालाई मिलेर समाधान गर्ने गरेको नेपाली जनसम्पर्क समिति यूएईका शभापति चित्र केसी बताउनुहुन्छ ।
रोजिरोटी गर्न आएका नेपालीहरु परदेशमा पुगेर संगठित मात्र भएका छैनन । उनीहरु सामुदायिक सेवामा उत्तिकै सहयोग गर्दै आएका छन ।
यूएईमा मृत्युदन्डको सजाय सुनाइएका संखुवासभाका अनिश खालिङ राइलाई बचाउन आबश्यक ब्लड मनि स्वरुप झण्डै ८६ लाख नेपाली रुपैयाँ अर्थात ३ लाख ५ हजार युएई दिराम सकंलन गर्ने देखि कम्पनी मालिक फरार भएपछि अलपत्र परेका नेपाली लाई सहयोग गर्न समेत नेपाली सस्था सकृय छन ।
अनिश खालिङ राइलाई बचाउन यूएईका सम्पूर्ण संघसस्था मिलेर लागेका कारण सहयोग अभियान सन्चालन गरेको १ महिना नबित्तै आबश्यक रकम भन्दा धेरै सहयोग सकंलन गर्न सकिएको गैर आवसिय नेपाली संघ एनआरएन मध्यपुर्व सम्योजक चन्द्र रोकाहले बताउनु भयो ।
बैदेशिक रोजगारका लागि परदेशमा आएर गाउं,जिल्ला र अञ्चलै पिच्छेका नाममा सस्था स्थापना गरिएका कतिपय सस्था नाम मात्रका भएको भन्ने धेरैको आरोप लाग्ने गरेको छ । आबश्यक नपरे सम्म संघसस्थामा आबद्द हुन नचाहने तर समस्यामा परे पछि मात्र सस्था खोज्ने नेपालीहरुले यस्ता आरोप लगाउने गरेको सस्थाका प्रतिनिधिहरुको भनाइ छ । यधपी साँढे चार लाख बढी नेपाली कार्यरत मुलुक यूएईमा नेपालीको सख्या बढे अनुरुप समस्याहरु बर्ष पिच्छे बढीरहेको नेपाली दुतावास आबुधाबीको तथ्याकंमा उल्लेख छ ।