नवलपरासी, वैशाख २४ । किसानलाई ठगी गरेको अभियोगमा पक्राउ परेका नवलपरासीस्थित लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक बाबुलाल अग्रवाललाई प्रहरीले आज सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।
ठगीको अभियोग लागेका उद्योगका सञ्चालक मनिष अग्रवाल भने फरार रहेकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी प्रमुख (एसपी) विष्णुहरी गौतमले बताए ।
काठमाडौं रहेका सञ्चालक अग्रवाललाई जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पक्राउका लागि पत्रचार गरिएको छ ।
ठगी अभियोगमा मुद्दा चलाइएपछि महाप्रबन्धक बाबुलाललाई हिजो प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । IMAGEKHABAR