लमजुङको बाग्लुङपानी कपुरगाउँमा जिप दुर्घटना हुँदा गर्भवती महिलाको मृत्यु, १४ जना घाइते

लमजुङ, वैशाख २६ । लमजुङको बाग्लुङपानी गाउँ विकास समिति वडा नम्बर ५, कपुरगाउँमा हिजो साँझ जिप दुर्घटना हुँदा गर्भवती महिलाको मृत्यु भएको छ । जिप दुर्घटनामापरि बाग्लुङपानी गाविस ५, नजरेकी दुर्गा गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये लमजुङको घनपोखरा गाविस ७ का रामकाशी गुरुङ र निश्चल गुरुङ र रुपन्देही जिल्ला केरापानी गाविस ३ का पूर्णमाया गुरुङको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परेका सबै एउटै परिवारका सदस्य रहेका छन् । विवाह भोजमा सहभागी भएर सदरमुकाम बेसीसहर आउँदै गरेको ग१ज ५५५० नम्बरको जिप कपुरगाउँमा सडकबाट झण्डै ७५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । – IMAGEKHABAR

अन्य समाचारहरु