ललितपुरको ग्वार्कोमा भारतीय ट्रकको ठक्करबाट १९ वर्षिया एक युवतीको मृत्यु

ललितपुर,वैशाख २८ – ललितपुरको ग्वार्कोमा आइतबार बिहान भारतीय ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार पाँचथर घर भई हाल ईमाडोल बस्ने १९ वर्षिया आयुष्मा लिम्बु रहेकी छिन् ।
ट्रकको ठक्करबाट गम्भीर घाईते भएकी उनको वि एण्ड वि अस्पतालमा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । SETOPATI

अन्य समाचारहरु