वैशाख २९ – उदयपुरबाट जन्ती लिएर नरायणघाट जाँदै गरेको बस दुर्घटना हुँदा १ जनाको ज्यान जानुको साथै एक घाइते भएका छन्।
बा२ख ५९२७ नम्बरको उक्त बस बिहान करिब ७:३० बजेतिर ब्रेक फेल भएर हेटौंडा-९ पशुपतिनगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घट्नामा परी ज्यान गुमाउनेमा हेटौंडा-९का सुमन कार्की छन्। घाइते बसका सहचालक अजय पासवानलाई उपचारका लागि उनलाई भरतपुर लगिएको छ।
बसमा सवार बेहुलासहित ४५ जना जन्ती सकुसल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। SETOPATI