बागलुङ, बैशाख ३० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बागलुङले बागलुङ जिल्लाका प्रथम विद्यार्थी शहिद शहिद भुमिराज सापकोटा स्मृति दिवस मनाएको छ ।
आज बागलुङ वजारमा एक कार्यक्रमका साथ उत्त कार्यक्रम गरिएको हो । कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म वहादुर कुँवरले देश र जनताको पक्षमा अविचलित रुपमा संघर्ष गरेर नै शहिदले् देखाएको बाटोमा अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । अथिति कुँवरले देश यतिवेला संविधान निार्माणको प्रक्रियामा रहेकोले जनपक्षिय संविधानको लागि संघर्ष गर्नु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य रामप्रसाद भटराईले शहिद भुमिराज सापकोटाको योगदानको बारेमा चर्चा गर्नु थियो । कार्यक्रम जिल्ला अध्यक्ष भिमलाल पोखरेलको को अध्यक्षता, जिल्ला सचिव सागर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रशिक्षार्थी पत्रकारः गंग थापा