दाङ,वैशाख ३० – दाङको घोराही-लमही सडकखण्डमा गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही नगरपालिका-४ की ३५ वर्षीया सीता चौधरी रहेको प्रहरीले जनाएको छ ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१त १५७१ नंको ट्र्याक्टरबाट चौधरी खसेकी थिईन ।
वेलभार नजिकै खस्दा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको हो । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । RSS