कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज गाउँ विकास समिति वडा नम्बर २ चमरसथ गाउँमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने ३२ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी पाँच वर्षीय बालक रियाज धोवीको मृत्यु भएको हो ।
घरमा आगो लागेपछि छिमेकीको घरमा गइ लुकेका बालकको त्यही जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक दर्जन भन्दा बढी गोठ र त्यसमा रहेका २२ वटा पशु चौपाया समेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दिउँंसो करिब १ बजेदेखि सल्केको आगो साँंझ ६ बजेमात्र नियन्त्रणमा आएको थियो । कपिलवस्तु नगरपालिको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीको दिनभरको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागी भएको स्थानमा पानीको स्रोत नभएकोले आगो नियन्त्रणमा लिन धेरै समय लागेको प्रहरीले जनाएको छ । IMAGEKHABAR



