सन २०२२ को विश्वकप फुटवल प्रतियोगितको आयोजना गर्न अधिकार पाएको राष्ट कतारमा भइरहेका ठूलाठूला भौतिक निर्माणका विषयहरुलाई जोडेर केहि समय पहिला बेलायती पत्रिका गार्डियन र विविसीले कामदारहरुको अवस्था दयनिय भनेर रिर्पाेट निकाले पछि अन्तराष्टिय मानवअधिकारबादी संघसस्था र अन्तराष्टिय समुदायहरुको तिव्र दवावहरु आएपछि श्रम कानुनमा परिवर्तन हुनुपर्नेमा सवैका ध्यान गएको थियो ।
![]()
१. अहिले सम्मको नियम अनुसार कतार प्रवेश गर्नको लागी प्रवेश भिषा जस्तै कतार बाहिरीन पनि भिषाको आवश्यकता पर्दछ । कतारबाट बाहिरिदा विदेशी कामदारहरुले आफनो मालिकहरुसित अनुमति लिनुपर्दछ । अहिले भने यो प्रक्रियालाई यहाँको गृह मन्त्रालयले स्वाचालित प्रणालीमा (अनलाइन ) सार्ने जनाएको छ । कुनै पनि विदेशी नागरिकलाई कतार छाडनु भन्दा ७२ घण्टा पहिले इक्जीट परमिटको लागी स्वचालित मेशिन मार्फत आवेदन दिन सक्नेछन तर पनि रोजगारदाताको अनुमति भने आवश्यक पर्नेछ यदि आवेदन दिएकाहरुमा रोजगारदाता साहुले कुनै हिनामिना, अपराधिक क्रियाकलापहरु इत्यादिमा संलग्न रहेको भनी असहमति जनाएको अवस्थामा भने एउटा सरकारी कमिटीले उक्त कुराको छिनोफानो गर्ने प्रस्तावमा उल्लेख छ । यो प्रस्तावले पुरानो इक्जीट भिषा (कतार छाडन आवश्यक पर्ने अनुमति पत्र भिषा जस्तै) प्रणालीमा स्पन्सर गर्नेबाट लिने अनुमति र यो प्रक्रियामा केहि फरक भने छैन् र नियन्त्रण स्पन्सरबाट कम्पनी वा रोजगारदातामा सरेको यो प्रस्तावले बताएको छ ।
२. अहिले सम्मको व्यवस्था अनुसार आफु आएको कम्पनीबाट अन्यत्र कम्पनीमा कामको लागी जानुपरेमा आफु आएको स्पन्सर माार्फत नो अव्जेक्सन सर्टिफिकेट लिनु पर्ने हुन्छ यो सर्टिफिकेट विना अन्यत्र काम गर्न पाइदैन, तर अहिलेको प्रस्तावित व्यवस्था अनुसार कामदार कतार आउनुपुर्व जुन करार अवधिको पत्रमा हस्ताक्षर गर्छ सो अनुरुप कतार आएपछि उक्त करारअवधि कटाएपछि अन्यत्र कम्पनीमा स्वत जान पाउने र स्वदेश पनि फिर्न पाउने भनि व्यवस्था गरिएको छ जस्मा स्पन्सरसिप भन्ने प्रक्रियाको बन्धनलाई करारअवधिसँग साटिएको छ भने नो अव्जेक्सन सर्टिफिकेटको जरुरी छैन् । करारअवधि सकिएमा नेपालबाट पून आउन र कतारमै भएको अवस्थामा कम्पनी परिवर्तन गर्न सक्ने भन्ने प्रस्तावमा उल्लेख छ । यसरी निश्चित समयको लागी भनेर करार पत्रमा सहमति जनाएकाहरुले सो समयको अन्त्यमा र अनिश्चित समयको करार अवधि भएकाहरुले भने ५ वर्ष सम्म पर्खनु पर्नेछ त्यो भन्दा पहिला कम्पनी परिवर्तनको लागी भने कम्पनी मालिकसँग अनुमति आवश्यक पर्नेछ । कुनै कुनै श्रमिकहरुलाई भने लामो ५ देखि १० वर्षे सम्मका करार अवधिमा पनि हस्ताक्षर गराउनेहरु पनि हुने बताइन्छ । प्रस्तावित कानुनअनुसार स्पन्सरसिप अर्थात कफाला भन्ने शव्दहरु पनि हटाइएको छ ।
३. पासर्पोट कामदारले राख्न पाउने ः अहिले सम्म श्रमिक कतार प्रवेश गरेको लगत्तै श्रमिकको पासर्पोट कम्पनि अथवा स्पन्सरको नियन्त्रणमा रहन्थ्यो तर अहिलेको प्रस्तावना अनुसार पासपोर्ट श्रमिककै साथमा राख्न पाइने भनिएको छ यदि कम्पनी वा स्पन्सरले उक्त पासपोर्ट राखेको पाइएमा १० देखि ५० हजार कतारी रियलसम्म जरिवाना हुने नयाँ व्यवस्थामा उल्लेख छ तर सो पासपोर्ट श्रमिकले राख्नुमा कुनै आँैचित्य भने देखिदैन किनकि कामदार बाहिरिदा आवश्यक पर्ने अनुमति पत्र इक्जीट परमिट भन्नेमा कम्पनीको नियन्त्रण भएपछि पासर्पोट साथमा राख्नुको कुनै औचित्य नरहेको जानकारहरुको बुझाई छ ।
४. पार्टटाइम ः यसभन्दा पहिला पार्टटाइम गर्न गर्नुलाई गैरकानुनी मानिन्थ्यो तर अव प्रस्तावित कानुनमा भने हाल कार्यरत रोजगारदाता र पार्टटाइम दिने रोजगारदाता विच सहमति भएमा मात्र पार्टटाइम काम गर्न सकिनेपनि उल्लेख छ ।
५. कामदारको वस्ने सुविधालाई व्यवस्थित गर्ने ः लाखौ कामदार कार्यरत कतारमा अप्रवासी कामदारहरुलाई व्यवस्थित बसाई बसाल्ने र उपयुक्त मापदण्ड पुरा गरेका क्याम्पहरुमा बसाल्नको लागी विषेश ध्यान दिने प्रस्तावमा उल्लेख छ जसमध्ये करिव दुई लाख कामदारको वस्न सक्ने भवन निर्माण भइसकेको पनि बताइएको छ ।
६. श्रमिकले पाउने तलव रोजगारदाताबाट समयमा दिए नदिएको अनुगमन गर्ने, पारदर्शिताको कामदारको बैक खातामा अनिवार्य जम्मा हुने प्रक्रिया अपनाइने प्रस्तावमा उल्लेख छ । उता कामदारको तलवलाई बैक खातामा हस्तान्तरण गर्ने र अन्य बाध्यात्मक कानुनहरुबारे यहाँका साना तथा मर्झाैला उद्योगहरुले चिन्ता जनाएका छन । यो प्रस्ताव अनुरुपका श्रमकानुनहरुलाई उल्लंघन गर्ने, तलव समयमा नदिने, श्रमिकलाई दवावमा राख्ने गुणस्तरहिन क्याम्पमा राख्ने कम्पनीहरुलाई जरिवाना सहित कडा कारवाही गर्ने एवं तिनिहरुको अनुगमनको लागी ३ सय श्रम निरिक्षकलाई न्यायिक अधिकार प्रदान गरि नियुक्ति गरिने कुरा प्रस्तावमा उल्लेख छ ।
७. थुप्रो सख्यामा नेपाली महिलाहरु कार्यरत रहेको कतारमा अहिले सम्मको व्यवस्था अनुसार घरेलु कामदारलाई देशको श्रमकानुनले सम्वोधन गरेको छैन् तर यो प्रस्तावित व्यवस्था अनुसारको नयाँ कानुनले घरेलु कामदारहरुलाई पनि समेटने बताइएको छ । नेपालीहरु कतारमा घरमा काम गर्ने, घरको डाइवर, बाखा्र तथ उट हेर्ने किसानी गर्ने लगायतका रोजगारीमा पनि छन् पछिल्लो पटक मिडियाहरुमा कतार आएको १० वर्ष हुदाँ पनि कतारको राजधानी दोहाको मुख समेत नदेखेको र नेपाल फिर्न समेत नपाएका एक नेपालीको दर्दनाक समाचार प्रकाशमा आएको थियो यो त एक प्रतिनिधि पात्र मात्र भएको उक्त समाचारमा उल्लेख छ । यस्ता घरेलु श्रमिकहरुलाई सम्वोधन गर्नेमा यो संसोधित कानुनले महत्वपूर्ण भूमिका खेल्ने सिमा, राहदानी तथा आप्रबासी मामिला बिभागका उपमहानिर्देशक बिग्रेडियर मोहम्मद अहमिद अल अटिकले पत्रकार सम्मेलनमा व्यक्त गरेका छन् ।
पछिल्लो तथ्यांक अनुसार बैदेशिक रोजगारीमा नेपालबाट श्रम स्वीकृति लिएर जानेको सख्या ३० लाख ५० हजार छ भने कतारमा गत फेब्रुअरी सम्मको कतार सरकारले दिएको तथ्यांक अनुसार ३ लाख ४७ हजारको हाराहारीमा नेपालीहरु बैधरुपमा विभिन्न कम्पनीमा कार्यरत छन् । गतवर्ष फोब्ज पत्रिकाको आर्थिक सर्वे अनुसार विश्वको प्रतिव्यक्ति आय धेरै भएको राष्ट कतार र अप्रवासी कामदारहरुलाइ रोजगार दिनेमा अग्रपग्तिमा रहेको कतारले अन्तराष्टिय मापदण्डहरुलाई पनि अनुसरण गर्न पर्ने जरुरी हुन्छ ।
मानव अधिकारबादी सस्था एमनेष्टि इन्टरनेशनलको असन्तुष्टी
कतार सरकारले आशा गरेअनुरुप नयाँ कानुनहरुमा पर्याप्त सुधार नल्याएको भन्दै ती कानुनहरुले निमार्ण र घरेलु क्षेत्रमा कार्यरत कामदारहरुको द



