विश्व साईकल यात्रि दिपक खत्री लाई दिल्लीमा भब्य स्वागत पछी बिदाइ साथमा प्रथम नेपाली साईकल यात्री पुस्कर शाहको विशेष उपस्थिती

बाबु रोका मगर 

 

नई दिल्ली भारत –  नेपालका ७५ वटै जिल्ला र मेची महाकाली साईकल भम्रण अभियान पश्चात विश्वमा  नेपाल र   नेपाली भाषा, संस्कृति,विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका  अग्रदुत गौतमबुद्द र गौतम बुद्धको जन्मस्थान लुम्बिनी लाई   विश्वभर चिनाउन विश्वबन्धुत्व, विश्व शान्ति, भाईचारा र सद्भाव संसारभर फैलाउन साईकल बाट विश्व भ्रमण गर्न निस्किएका  दोलखा जिल्ला ,क्षेत्रपा ७ का दिपक  खत्री भुटान, बंग्लादेश,चिन हुदै भारतको  नईदिल्ली आगमनमा प्रवासी नेपालीहरुको सशक्त तथा  कृयाशिल सामाजिक संस्था हेल्प नेपाली मिशन द्दारा  नई दिल्लीको पहाडगंज स्थित हिमालय  किचनको  सभाहलमा एक समारोह को आयोजना गरि उहाँको   गौरवपुर्ण कार्यको प्रसंसा   गर्दै स्वागत गरिएको थियो |

हेल्प नेपाली मिशनका अध्यक्ष कवि कार्कीको अध्यक्षता मा सम्पन्न उक्त स्वागत समारोहमा अध्यक्ष  कार्की ले दुवै जना साईकल यात्री लाई खादा लगाई दिएर सम्मान गर्नुका साथै आफ्ना मन्तब्य राख्नेक्रम मा भन्नु भयो हाम्रा बहादुर नेपालीहरु जस्तोसुकै कठिनाईहरु आईपरे पनि पछि नहट्ने भन्दै हामी नेपालीहरु ले नेपालीको बहादुरीपन अन्य विभिन्न छेत्रबाट पनि देखाई सकेका छन् भने यस पटक पुन: एक साईकल यात्राबाट गर्नलागेको बहादुरीपन ले आफुलाई सारै खुशी लागेको कुरा बताउदै सफलयात्रा को शुभकामना तथा सुझाव दिदै प्रत्येक  नेपालीहरु तथा नेपालीहरु मार्फत खोलिएका सामाजिक  संघ संस्था तथा सम्पूर्ण मित्रजनहरु लाई आफ्नो निजि स्वार्थ भन्दा पनि सामाजिक काम मा थोरै भएता पनि समय दिन आग्रह गर्नु भयो |   साथै सम्पूर्ण संगठन  का मित्रहरुले आ-आफ्नो तर्फ़बाट आ-आफ्नो तरिकाले सहयोग गर्नुहुने छ भन्दै आफुले पनि आफुसक्दो आर्थिक,नैतिक र भौतिक रुपले  सहयोग गर्ने कुरा बताउदै विभिन्न सामाजिक संजाल मार्फत प्रचार प्रसार गर्न सहयोग  गरिदिन आग्रह गर्नुभएको थियो |
 
११ वर्षमा सन १९९८ देखी २००९सम्म विश्वका १५० देश सफलतापुर्वक पूरा गरी सगरमाथा आरोहण   समेत गर्नु भएका प्रथम नेपाली विश्व साईकल यात्री पुस्कर शाह को पनि उपस्थिती रहेको थियो । उहाँको आगमनमा दुई साहसी साईकलयात्री विच जम्काभेट भएको थियो । समारोहका प्रमुख आर्कषक पुस्कर शाहले आफ्ना यात्राका अनुभूतीहरु सुनाउदै आफुले यात्रागर्दा भोग्नुपरेका  कठिनाई , संघर्ष, चुनौती र सफलताको बारे बताउदै जस्तोसुकै अप्ठ्याराहरु आईपरेपनि  धृर्ण  ईच्छाशक्ति  र शाहस भए दुनियाँमा असम्भव भन्ने कुरा कहि हुदैन भन्दै यात्री खत्रीलाई   हिम्मतको साथ यात्रागर्न हौसला बढाउनु  भएको थियो ।


(उहाँ साईकल यात्राको क्रममा विदेशमा नौ पटक लुटिनु भएको थियो भने एकपटक अपहरणमा पर्नु भएको थियो)    


उक्त समारोहमा उपस्थित प्रवासीनेपाली संघ भारतका केन्द्रीय संपर्क सचिव गोपाल थापा, ग्लोबल आई एम ई भारत का इन्चार्ज दिपेन्द्र ढकाल, पशुपति सम्पर्क  मन्चका अध्यक्ष तुलसीढकाल, माता बागेश्वरी नेपाली मन्दिर का महासचिव मुक्ति  प्रशाद सास्त्री,  मन्दिर का सल्लाहकार बि बि  थापा,अखिल भारत नेपाली  एकता मन्चका केन्द्रीय सदस्य शंकर   विश्वकर्मा ले आ आफ्ना मन्तब्य राख्नु भएको थियो। उक्त समारोह को संचालन हेल्पनेपाली मिशन का   उपाअध्यक्ष   सिपी थापा ले गर्नुभएको थियो  भने स्वागत मन्तब्य  मिशन का सदस्य खगराज नेउपाने ले  गर्नुभएको थियो ।