जनसंपर्क समितिहरुको युरोपेली भेलाको तयारी अन्तिम चरणमा

नेपाली जनसंपर्क समितिहरुको युरोपेली क्षेत्रिय सम्मेलन तथा नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्को वार्षिक साधारण सभा आगामी २७ मे मा नेदरल्याण्ड्समा हुने भएको छ । यस सम्मेलन युरोप भरिका नेपाली जनसंपर्क समितिहरू  र नेपाली जनसंपर्क समिति युरोपको सहकार्यतामा  नेपाली जनसंपर्क समिति नेदरल्याण्डस् को आयोजनामा हुन गैरहेको छ ।  विषेश गरेर युरोपेली क्षेत्र भित्र स्थापित भएका नेपाली जनसंपर्क समितिहरु विच संयुक्त रुपमा छलफल गरेर,  समग्र जनसंपर्क समितिहरुको संस्थागत विकास प्रकृया, स्थायित्व, व्यवस्थापन र समितिहरु विचको सहयोग आदान प्रदान गराउने विशुद्ध लक्ष्यका साथ यो सम्मलेनको आयोजना गरिएको जनाइएको छ ।