बाँकेमा आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाउँदा आमासहित तीन नाबालक गम्भीर घाइते भएका छन् ।
बाँके जयसपुर १ का सद्धाम नाऊले दाइसँगको झगडामा आफ्नै भाउजुसहित उनका सन्तानलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । आगोबाट जलेर २२ वर्षीया चन्द्रा सल्मानी र उनकी पाँच वर्षीया छोरी मारीया नाऊ, तीन वर्षीय रियाजुल नाऊ र १० महिने बालक रिहान नाऊ गम्भीर घाइते भएका हुन् ।
बिहान घरमै सुतिरहेका समयमा देवरले पेट्रोल छर्केर आगो लगाएको घाइते सल्मानीले बताइन् ।
गम्भीर चारै जनाका नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आगो लगाउने सद्धाम नाउलाई प्रहरीले पक्राउ गरेको छ ।
डोल्पामा कपाल काट्ने काम गर्दै आएका उनले दाइसँग झगडा भएपछि दुई दिनअघि घर फर्केर आइ भाउजु र भतिजा