भरतपुरको कृष्णपुरमा एक जनाको करेन्ट लागेर मृत्यु

चितवन, जेष्ठ ६ – भरतपुर नगरपालिका-७ कृष्णपुरमा बस्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
कृष्णपुरस्थित क्यान्सर नजिक डेरा गरी बस्ने ३५ वर्षीय जीवन धितालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरनजिकैको  पोलबाट विद्युत् सर्ट भई करेन्ट लागेर घाइते भएका धिताललाई चितवन मेडिकल कलेजमा ल्याइएको र उपचारको क्रममा गएराति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

अन्य समाचारहरु