सुनसरी । सुनसरीको इटहरी नगरपालिकास्थित गोदावरी विद्या मन्दिरमा एक शिक्षिकाले युकेजीकी बालिकालाई मरणासन्न हुने गरी कुटपिट गरेकी छन् ।
गृहकार्य नगरेको भन्दै शिक्षका भगवती सुवेदीले बालिका कृतिका खड्कालाई बाँसको भाटाले कुटेको भन्दै अभिभावकहरुले शिक्षिका भगवतीमाथि कारबाहीको माग गरेका छन् ।
कुटपिटबाट बालिकाको देब्रे खुट्टा र देब्रे पाखुरामा नीलडाम बसेको छ । विद्यालयका प्रिन्सिपल खेमप्रसाद नेपालले कुटपिट गर्ने शिक्षिकामाथि कारबाही गर्ने आश्वासन दिएका छन् । RSS