अन्र्तजातीय विवाह गरेर घरबाट भागेका दुई जना कञ्चनपुरको कृष्णपुर-४ गुलरियामा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
परिवारले अन्र्तजातीय विवाह स्वीकार नगरेपछि डोटी बन्लेक गाविस-५ थप्साका ३२ वर्षीय कृष्ण कामी र डडेल्धुरा कैलपालमाडौँ गाविसमै बस्ने ३० वर्षीया लक्ष्मीदेवी ओलीले भेल्लरको एकैरुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए ।
घरबाट भागेर आएका दुवै जना एक महिनादेखि कृष्णपुरका आफन्तको घरमा बस्दै आएका थिए ।
दुवै जनाले प्रेममा फसेर अन्र्तजातीय विवाह गर्न पुगेको र परिवारले स्वीकार नगर्ने भएपछि आत्महत्यालाई रोज्नु एक मात्रै विकल्प भएको उनीहरूसँग फेला परेको सुसाइड नोटसमेत फेला परेको प्रहरी नायब निरीक्षक नाथले बताए ।
झुण्डिएको अवस्थामा फेला परेका दुवै जनाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पुर्याइएको छ । रासस