काठमाडौंमा आयरल्यान्डको अवैतनिक वाणिज्यदूतावास सञ्चालन

नेपाल-आयरल्यान्ड सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा आयरल्यान्डको अवैतनिक वाणिज्यदूतावास सञ्चालन भएको छ । यो सँगै नेपालमा सञ्चालन भएका अवैतनिक वाणिज्यदूतावासको सङ्ख्या ३५ पुगेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि आयरल्यान्डका राजदूत फेइलिम म्याग्लौलिन, शिष्टाचार महापाल कालिप्रसाद पोखरलेल र उक्त मुलुकका अवैतनिक वाणिज्यदूत मनोजबहादुर कार्कीले संयुक्त रुपमा सो दूतावासको उद्घाटन गरे ।
नेपाल र आयरल्यान्डबीच सन् १९९९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । हाल उक्त मुलुकमा करिब पाँचसय नेपाली रहेका बताइएको छ । त्यहाँ रहेका नेपाली पर्यटन व्यवसायमा संलग्न छन् । रासस

अन्य समाचारहरु