राम खड्का
जेष्ठ-९,रुरु गुल्मी- पर्यटन तथा नागरीक उड्ययन मन्त्री भिम आचार्यले रुरु क्षेत्रधाम रिडिलाई पर्यटकिय तिर्थ स्थल बनाउन नेपाल सरकार बाट जुनसुकै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
रुरु बासि रिडि गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गदै मन्त्री आचार्यले रुरु क्षेत्र पर्यटकिय क्षेत्र भएकाले यसको विकास संगै सरसफाईमा विशेष ध्यान दिन सके रुरु क्षेत्र साच्चै पर्यटकिय स्थल बन्ने बताउनु भएको छ । आचार्यले स्थानिय स्रोत र साधनहरुको समुचित सदुपयोग गर्न सकेमा विकासका संभावना अझै बढ्ने बताउनु भएको हो ।
यस्तै अक्रो एक फरक प्रसङ्गमा मन्त्री आचार्यले सरकारले एक बर्ष भित्रमा जसरी भएपनि संविधान जारी गर्ने बताउनु भएको छ । पुरानो संविधान सभाले गरेका कार्यहरुको स्वामित्व ग्रहण भै-सकेकाले संविधान जारी हुनेमा जनतालाई ठुक्क हुन समेत आग्रह गर्नु भयो । अचार्यले पर्यटकिय स्थल देवदक्त पार्कको अवलोकन समेत गर्नु भएको छ ।
मन्त्री आचार्यलाई गुल्मी सदरमुकाम तम्घास बाट रिडी जाने क्रममा रुरु बासीहरुले एक समारोहका बिच स्वागत गरेका हुन ।