सोलुखुम्बुस्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएको एक दम्पतीको हत्या

नेचाबेतघारी-८ सोलुखुम्बुस्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएको एक दम्पतीको  आइतबार राति हत्या भएको छ । 

 

खोला छेउमा रहेको बाटामा सामान्य व्यवसाय गर्दै आएका मानध्वज राई र उनकी श्रीमतीलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 



राति करिब ११:३० बजे भएको घटनाका सम्बन्धमा राति १२ बजे जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कमल कटुवालको नेतृत्वमा घटनास्थलमा परिचालन भई  मुचुल्का उठाउने काम भइरहेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ । रासस 

अन्य समाचारहरु