साठी लाखको लगानीमा बुटवलमा नयाँ होटल सञ्चालन

विजय दमासे
लुम्बिनी । बिभिन्न पेशा व्यबसायमा आवद्ध तीनजना ब्यबसायिक व्यक्तित्वको सामुहिको लगानीमा बुटवलमा द मिरर इन नामको एक नयाँ होटल व्यबसाय सञ्चालनमा आएको छ । बुटवलमा उच्च स्तरको होटलको अभावमा आवासका लागि पर्यटकहरु बुटवल बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि प्रयाप्त सेवा सुबिधा सहित होटल व्यबसायमा लगानी गरेको होटलका लगानी कर्ता म्यानेजिङ्ग डिरेक्टर मणी गौतमले बताए । 
करिब ६० लाख रुपैंयाको सो द मिरर इन होटलको बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले उद्घाटन गरेका हुन । उनले बुटवल तथा आसपासका क्षेत्रमा पूरातात्वीक तथा ऐतिहासिक क्षेत्रहरु प्रयाप्त मात्रामा रहेकाले ती क्षेत्रको बिकास हुन सक्ने हो भने होटल व्यबसाय पनि फष्टाउन सक्ने विश्वास व्यक्त गरे । बुटवल पर्यटकीय हिसावले पनि महत्व राख्ने बुटवल क्षेत्रमा आदीमानव रामापिथेकसको अवसेस, नेपालले अंग्रेजलाई हराएको ऐतिहासिक जितगढी किल्ला, बुद्धको मावली देवदह क्षेत्र, त्यस्तै जन्मस्थल लुम्बिनी, बुटवलको सिमानामै रहेको पाल्पाको सिद्धबाबा मन्दिर, मणिमुकुन्द सेनको सितकालिन दरवार रहेको छ ।
 यस्तै मणिमुकुन्द सेन उद्यान जस्ता पर्यटकीय स्थल रहेको क्षेत्र तथा पूर्व पश्चिम र उत्तर दक्षिणको ट्रान्जिक्ट प्वाईन्ट पनि भएकाले मानिसहरुको आवत जावत हुने ठाउँ पनि भएको पर्यटक तथा यात्रुहरुको सेवाका लागि उच्च स्तरको होटल सञ्चलनमा ल्याईएको पनि सञ्चालक गौतमको भनाइ छ । बुटवल ११ नयाँ बसपार्क पछाडी रहेको सो होटलमा उनिसंगै लगानी गर्नेहरुमा कबिराज अर्याल र किरण ज्ञवाली पनि रहेका छन । हाल होटलमा ५० जना गेष्टलाई आवासीय सेवा दिनका लागि एसी तथा कुलर सहितका एटाच वाथ रुमहरु रहेका छन भने पचास, सय र दुई सय जना क्षमताका हलहरु रहेको सञ्चालकहरुले बताएका छन । त्यस्तै ग्राहकको रुचि अनुसार ईण्डिएन, नेपाली, चाईनिज तथा कन्टिनेन्टल खानाका लागि दक्ष कालिगढहरु राखिएको उनीहरुले बताए । सो होटलमा हाल दश जना युवाले रोजगारी पाएका छन भने होटलको स्तर बृद्धि गर्दै अगाडी बढ्ने बताईएको छ । 
होटल उद्घाटनमा रुपन्देहीका प्रहरी प्रमुख एसपी बिक्रमसिंह थापाले व्यबसायिक मर्यादामा रहेर होटल व्यबसाय सञ्चालनका लागि आग्रह गर्दै प्रहरी प्रशासनबाट भएका असजिला पक्षहरुलाई व्यबस्थापन गर्ने बताए । रुपन्देहीमा प्रहरी प्रशासनले ९ वजे नै होटल व्यबसाय बन्द गराउँदै आएको छ । उनले अव २४ सै घण्टा होटल व्यबसाय सञ्चलन गर्ने प्रवन्ध मिलाउने प्रतिवद्धता व्यक्त गरे ।