गोविन्द ढकाल, अबुधाबी यु ए इ
मलेसिया लगाएत मध्यपुर्बमा यु ए इ लाई नेपाली श्रमिक हरुको लोकप्रिय गन्तब्य मानिन्छ। सेवा सुबिधा, स्वतन्त्रता तथा हावा पानीको हिसाबले पनि अन्य खाडी मुलुक भन्दा यु ए इ अब्बल नै मानिन्छ. सेकुरिटी गार्ड, क्लिनर, सेल्स तथा मार्केटिंग, होटेल रेस्तुरन्त, हाउस मेड, कन्स्ट्रक्सन ओरकर, ड्राइभर जस्ता क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ। नेपाली हरु को लगनसिलता, इमान्दारिताले गर्दा अहिले यु ए इ मा नेपाली श्रमिक हरुको माग बढी नै छ. यु ए इ मा नेपाली श्रमिक हरु बढे संगै विभिन्न समस्या हरु पनि झेल्नु परेको छ।
प्रबासी नेपाली मंच यु ए इ ले गएको सुक्रबार २३ मई २०१४ का दिन नेपाल ट्रेड युनियन का अध्यक्ष बिष्णु प्रसाद रिमाल तथा आइ एल ओ कि सदश्य बिन्दा पाण्डे को उपस्थिति मा यु ए इ का नेपाली श्रमिकहरुको बीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम को सभापतित्यो प्रबासी नेपाली मंच का अध्यक्ष प्रकाश कोइरालाले गरेका थिए भने नेपाल ट्रेड युनियन का अध्यक्ष बिष्णु प्रसाद रिमाल तथा आइ एल ओ कि सदश्य बिन्दा पाण्डे क्रमस प्रमुख अथिति तथा बिसेष अथिति रहेका थिए। अन्य अथितिहरु मा यु ए इ मा क्रियासिल रहेका विभिन्न संघ सस्था का प्रमुख तथा प्रितिनिधि तथा समाजसेबीहरु रहेका थिए।
अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु को उदेश्य माथि प्रकाश पर्दै सम्पूर्ण उपस्थित अथितिहरु तथा अन्य सहभागी ब्येक्तित्यो हरुलाई मंच का सदश्य श्याम पाठक ले स्वागत गरेका थिए। तेस्तै मन्तब्य राख्ने क्रममा समाजसेबी एल एन सुबेदी ले नेपाली श्रमिक हरुको अवस्था र बर्गिकरण गर्दै नेपाली श्रमिक हरु को अवसर को बारेमा जानकारी गराएका थिए। नेपाली समाज का अध्यक्ष ज्ञानेन्द्र कार्कीले नेपाली श्रमिक हरुको अवस्था तिन भाग मा बर्गिकरण गरि हेर्नु पर्ने उल्लेख गरे। बैदेसिक रोजगार मा आउनु भन्दा अघि, यहाँ आएपछि श्रमिक भएर कम गर्दाको अवस्था र भोलि बृद्धा अवस्थाको बारेमा मुलुकको नीति बनोस र लगानी गर्ने अवसरको सिर्जना होस् भन्ने भनाइ कार्की को रहेको थियो। मन्तब्यकै क्रममा एन आर एन का मध्येपुर्ब का संयोजक चन्द्र रोकाहाले नेपाली श्रमिकको मुद्धामा नेपाल ट्रेड युनियनम आइ एल ओ तथा एन आर एन संगै मिलेर जानुपर्ने र नेपाली दुताबासको कन्सुलेट शाखा दुबईमा खोल्ने अनुमति नेपाल सरकार बाट पारित भए पनि नेपाली राजदुताबास अबुधाबीले पहल नगरेकोमा आपत्ति प्रकट गरे। नेपाली जन सम्पर्क समितिका सभापति चित्र के सी ले नेपाली श्रमिक हरुको समस्या बारे विभिन्न निकाएहरु संग भलाकुसरी गर्दा पनि समस्या को संभोदन नभएको गुनासो गरे। मन्तब्यकै क्रममा जन प्रगतिसिल मंच का अध्यक्ष हेमन्त पौडेलले नेपाली श्रमिक हरुको समस्या हेर्ने एक मात्र निकाय नेपाली राजदुताबास नेपाली श्रमिक हरुको समस्या सुन्न र समाधान गर्न इच्छुक नरहेको र नेपाली श्रमिक हरु को हक हित बिपरित कार्य गर्दै गएको प्रति आक्रोस व्यक्त गरे। नेपाली जनजाती महासंघ यु ए इका अध्यक्ष डेर राज गुरुङले अन्तरक्रिया कार्यक्रम गरेर मात्र नहुने, अन्तरक्रिया कार्यक्रमको केहि हद सम्म काम भएको महसुस हुनुपर्नेमा जोड दिए। उक्त कार्यक्रममा बोल्ने अधिकाम्स बक्ताहरुले नेपाली राजदुताबासले नेपाली श्रमिक हरुलाई दुख माथि दुख दिने गरेको गुनासो पोखेका थिए। मिसिन रिडएबल पासपोर्ट बनाउने देखि लिएर अन्य कागज पत्र प्रमाणीकरण तथा भिजिट भिसामा अनाबश्यक दुख दिने गरेको गुनासो व्यक्त गरे।
आफ्ना भनाइ राख्ने क्रममा पत्रकार अम्बिका भण्डारीले दुताबासमा रहेको सेल्टर हाउसको सुरक्षाको बारेमा राजदुत संग कुरा राख्दा उल्टो कोइ मान्छे हामफालेर मोर्छ भने म की गर्न सक्दिन भन्ने जवाफ आएको गुनासो गरे भने नेपाल सरकारको लापरबाहीले गर्दा आफ्नो नोकरी गुम्न लागेको दुखेसो व्यक्त गरे। तेस्तै आफ्नो भनाइ राख्ने क्रममा शर्मिला लामाले आफ्नो भिसा सकिएको तर घर मालिक ले नेपाल जना को लागि पासपोर्ट उपलब्ध नगरेको दुखेसो पोखिन।
उक्त अन्तरक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको उत्तर दिने क्रममा आइ एल ओ कि सदश्य बिन्दा पाण्डेले विभिन्न मुलुक हरुको उदाहरण दिदै नेपाल र यु ए इ को ट्रेड युनियन तथा बार काउन्सिल संग यु ए इ मा क्रियासिल रहेका संघ सस्था हरुले पुलको काम गरे श्रमिकहरुको समस्या समाधान गर्ने कार्य सजिलो हुने र मजदूरहरुको भित्रि संगठन बनाउन आइ एल ओले सहयोग गर्ने बताइन। तेस्तै नेपाल ट्रेड युनियनका अध्यक्ष बिष्णु प्रसाद रिमालले नेपाल बाट हुन सक्ने र गर्न सक्ने कम को लागि आफुले सक्दो सहयोग गर्ने र अन्तरक्रिया कार्यक्रम को को परिणाम आउने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।