बिदेशीको माया जालमा परेपछि यसरी बिर्सिदै छन आफ्नो परिवार

उमाकान्त पाण्डे 
दुबइ जेष्ठ १३ । धेरथोर कमाएर परिवारलाई शुख सँग पाल्ने सपना बोकि घरदेश छोडेर हिंडेकाहरु बाटो बिराउदा परदेशमै घरजम गरेर बसेका छन । बाबुआमा र परिवारको मायालाई चटक्क भुलाउन परदेशमा गएकालाई अन्तरदेशिय सम्बन्धले सहयोग गर्दै आएको छ । 
सात बर्ष पहिले बैदेशिक रोजगारीका लागि यूएईको दुबइ आएका झापा डोरामारीका रेवत तामाङ अहिले सम्म नेपाल गएका छैनन । आफ्नो जन्मभूमी जानु भन्दा उनलाई अन्य देश जान साइत जुराउन सजिलो छ । आफुलाई जन्मदिने बाबु आमा भन्दा आफ्नीलाई जन्मदिनेको परिवार उनका लागि लागि प्यारो बन्दै गएको छ । 
सन २००७ मा दुबइ आएका तामाङले घरमा पैसा पठाउन छोडेको ६ बर्ष भई सकेको छ । फोन तथा चिठी पत्र नगरि बसेको पनि करीब उत्तिनै बर्ष भई सकेको छ । 
यस् अघी सन २००५ मा भारतको केरेला हुँदै माल्दिभ्स पुगेर एक बर्ष काम गरेका तामाङ १ बर्ष त्यहा बसेर सन २००६ मा मलेसिया पुगेका थिए । मलेसियामा २२ दिन काम गरेर नेपाल फर्किएका उनी २००७ मा फेरी बैदेशिक रोजगारीका लागि दुबइ पुगेका थिए । 
यूएईको सारजाहमा रहेको फ्युचर प्लान्ट कम्पनीमा सामान्य मजदुरको रुपमा आएका तामाङले नेपालीमा पशु चिकित्सकको अध्ययन पुरा गरी सो सम्बन्धी काम समेत गरिसकेका थिए । तर उनले बिदेश आएपछि भने बिदेशी महिलाको माया जालमा परेर आफ्नो स-परिवार भुलिसकेका छन । 
७ बर्ष सम्म आफ्ना बुवाआमालाई संपर्क समेत नगर्नुको कारण भने फिलिपिन्सकी एक युवती सँग माया जालमा पर्नु रहेछ । मायाजाल यहाँ सम्म परेछ कि दुई सम्बन्धबाट १४ महिना पहिले एउटा सन्तान समेत जन्मिसकेको छ । दुबइमै घरेलु कामदारको रुपमा कार्यरत फिलिपिन्सकी रोकसाङ पारागाठोस् कोलेक्स सँग उनी ६ बर्ष अघिदेखी मायाजालमा परेका हुन । बिदेशी युवती सँग मायाजालमा परे पछि उनले आफ्ना बाबुआमालाई चटक्कै भुलेका छन ।
खान र बस्न सहित मासिक १६ हजार नेपाली रुपैयाको तलबमा यूएई आएका उनले कमाएको सबै पैसा फिलिपिन्समा रहेको आफ्नो प्रेमिकाको घरमा पठाउने गर्छन् । आफुलाई जन्मदिने ५८ बर्षिय बाबु र ५२ बर्षिय आमालाई भुलेर आफ्नो प्रेमिकाको परिवारको रेखदेखमा उनी जुटेका छन । प्रेमिकाले दुबइ छोडेको २ बर्ष भई सक्दा पनि उनले आफ्नी प्रेमिकालाई भने छोड्न सकेका छैनन । उनले वार्षिक एक महिनाको बिदा पाउदा समेत नेपाल आफ्नो परिवार भेट्न नआएर प्रेमिका भेट्न फुलिपिन्स जाने गर्छन् । अहिले सम्म उनी २ पटक सम्म फिलिपिन्स पुगेका छन ।            
सन २०१२ को मे महिनामा पहिलो पटक फिलिपिन्स पुगेर २२ दिन बसेर उनी दुबइ फर्किएका थिए । त्यस्तै गत बर्षको मे महिनामै दोस्रो पटक ३० दिनको बिदामा उनी फिलिपिन्स पुगेर फर्किए ।  
खै कसरी बाबुआमा भुलेर बिदेशीको मायामा फसे मेसो पाउदिन  ‘तर अब भने बाबुआमाको पिरलो लाग्दै छ’,’ बरु बिदेशी बुहारी साथमा लिएर नेपाल जाने तयारी गर्दै छु, उनले भने । 
बिदेश गएको छोराले कमाउला र आफ्नो बाँकी जीवन खुशीमय बिताउला भन्ने सपना बोकेका बाबुआमा र उनको परिवार भने सधैं चिन्तामा छन । चिन्तामा परेका उनका बाबु आमा आफन्तजनको सहयोगमा छोरो खोजी अभियानमा लागेका छन । 
यता रेवतले भने सुरुमा आएको कम्पनी छोडेर सारजाहमा रहेको कपको कम्पनीमा कामगर्न थालेका छन । मासिक ५० हजार नेपाली रुपैया भन्दा धेरै कमाउने उनका हातमा अहिले सम्म सुन्य छ । कमाएको सबै रकम उनले फिलिपिन्स पठाउने गरेको उनका सहकर्मीहरु बताउछन । 
 ७ बर्ष सम्म परिवारको संपर्कमा नरहेका उनी फिलिपिन्समा रहेकी आफ्नी प्रेमिका सँग दैनिक पटक पटक फोन तथा इन्टरनेट मार्फत कुराकानी गरिरहेका हुन्छन । सँगै काम गर्ने नेपाली र अन्यको चौतर्फी दबाबले अब उनले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर नेपालमै भित्राउने कुरामा सहमत भएका छन । 
घरमा बाबु-आमालाई मनाएर फिलिपिनो श्रीमती बनाउन पाए दुबइ छोडेर नेपाल फर्किन आफु तयार भएको भन्दै गत महिना बाट उनी परिवारको संपर्कमा आउन लागेका छन । उनलाई यस् तर्फ दबाब दिदै सम्झाउन सुझाउन लागि परेका अर्घाखाँचीका माधव दवासे भन्छन ‘ आशा छ अब तामाङ छिट्टै नेपाली फर्किएलान’ । उनी भन्छन ‘ हामीले सम्झाएको यो पहिलो पटक होइन तर के गर्नु ? बिदेशी माया जालमा फसेकालाई छुटाउन निकै गार्हो हुदो रहेछ।’  
– (रेवत तामाङ सँग समाचार सामाग्रीकै लागि कुराकानी गरेको आधारमा अनुमती लिएर तस्विर समेत लिएको छु ।)