रौतहट जिल्ला कारागारबाट २ भारतीय कैदी भागे, एक प्रहरी पनि वेपत्ता

रौतहट जिल्ला कारागारबाट २ भारतीय कैदी भागेका छन् । २ कैदीसँग एक प्रहरी पनि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
ममहद जावेद र नबिनकुमार यादव अस्पताल जाने क्रममा फरार भएका हुन् । उनीहरु अपहरण र लागू औधषमा जेल परेका थिए ।
 उनीहरुलाई अस्पताल लैजाने प्रहरी जवान गौरीशंकर यादव पनि हराइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १८ SETOPATI

अन्य समाचारहरु