गोविन्द ढकाल
अबुधाबी यु ए इ – विश्वमा शान्तिका दूूत मानिने भगवान बुुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथ ३० मे शुक्रबारका दिन त्रिसुली समाज यु ए इ को आयोजनामा अबुधावीको केरला सोसियल सेन्टरमा “२५५८ औं बुद्ध जयन्ती” तथा विविध सांस्कृतिक कार्यक्रमका सम्पन्न भएको छ।
समाजका कार्यबाहक अध्यक्ष गंगा घलेको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा अथितिहरु मा नेपाल बिस्वो सहयोग संघ यु ए इ का उपाध्यक्ष गोविन्द ढकाल, नेपाली जन सम्पर्क समिति यु ए इ अबुधाबी क्षेत्रीय समिति का सभापति एम येन योगी, प्रबासी नेपाली चालक सेवा समाज यु ए इ का अध्यक्ष अनमोल तामांग , हमलायन ट्रावल अबुधाबी का प्रितिनिधि रमेश रानाभाट लगायत अन्य संघ सस्था का प्रमुख तथा प्रितिनिधि रहेका थिए।
दुइ चरण मा विभाजित उक्त कार्यक्रम सभापति तथा अथितिहरु बाट दिप प्रजोलन गरे लगत्तै बुद्ध भजन बाट सुरुगरिएको औपचारिक कार्यक्रममा समाज का सदश्य हरिमान तामांग ले बुद्ध को बारेमा चर्चा गर्दै स्वागत मन्तब्य राखेका थिए। कर्यकरमका अथिति नेपाल बिस्वो सहयोग संघ यु ए इ का उपाध्यक्ष गोविन्द ढकालले बुद्ध को शान्ति का संदेश को अनुसरण गर्नु पर्ने बताए भने, प्रबासी चालक सेवा समाज का अध्यक्ष अनमोल तामांग ले प्राय बुद्ध धर्म मंगोलियन जति ले मान्ने गरेको बताए। समाज कि सदश्य ऐति माया तामांग ले बुद्ध का संदेश समेटेको कविता बचन गरेकी थिइन।
सास्कृतिक कार्यक्रम को पहिलो कोसेली स्वोरुप मिनुषा तामांग को नेपाल कि छोरि म भन्ने बोल को गितको सामुहिक नृत्यले सम्पूर्ण उपस्थित अथिति तथा दर्शक हरु लाई स्वागत गरेकी थिइन भने माइली स्यम्बोको ज्यानै खायो बोलको गितको नृत्यले हललाई तताएको थियो। तेस्तै बिबश ठकुरी को मेरो नेपाल तथा यो मन त मेरो नेपाली हो भन्ने बोलको गीतले उपस्तित दर्सकहरुलाई भाबुक बनाएको थियो। पनि मिठो भन्ने बोलको गितमा चमेली लामाको नृत्य, उध्रेको चोलीमा गंगा लामा को नृत्य, सिर्जना चौधरी को म त पहाड कि छोरि, मिनुषा लामा र बिबश ठकुरी को युगल नृत्य, सबिता तामांग, संजिता मोक्तान को नृत्य पनि उपस्थित दर्सक हरुले मन पराएका थिए. तेस्तै प्रकाश बन को असारे महिनामा, जोमसोममै बजार मा बोल को गित, चुमान काउचा मगरको पन्चे बाजाको गित तथा रुमाल हल्लाई हल्लाई बोलको लोक दोहोरि गित, राज वाइबा को सेलो गित मा उपस्थित सम्पूर्ण दर्सक हरु कम्मर भाची भाची नाचेका थिए भने कार्यक्रम को संचालन प्रेम तामांगले गरेका थिए।