सेवाग्राहीलाई सेवा दिने उद्देश्यले रौतहटमा एकीकृत घुम्ती सेवाको आयोजना

रौतहट, जेष्ठ २० । सेवा पहुँचबाट टाढा रहेका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले रौतहटमा एकीकृत घुम्ती सेवाको आयोजना गरिएको छ । 
रौतहटको कटहरिया गाउँ विकास समितिमा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयमा सञ्चालन गरेको घुम्ती सेवाबाट करिब १ हजार ९ सय सेवाग्राही लाभान्वित भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
रकम खर्च गरेर सदरमुकाम गौरमा जान नसक्ने सात गाविसमा सर्वसाधारणले सेवा पाएका हुन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको एकीकृत घुम्ती सेवामा जिल्लाका सबै सरकारी कार्यालयले सेवा प्रदान गरेका थिए । IMAGEKHABAR

अन्य समाचारहरु