बाबु रोका मगर “अपरिचित”
सर्बप्रथम प्रदेशी भन्न साथ हामी घर अनी देश छोडेर पराइ मुलुक पस्ने कुनै ब्यक्ती हरुको मुहार लाई सम्झन्छौ | त्यो पनि प्राय गाउँ घर का युवाहरु | मुलुक यतिबेला पूँजीवाद को चरम सिमा मा गुज्रिदैछ | धनीहरु दिनका दिन धनी हुँदै जाने र गरीबहरु धनी बन्ने सपना बोकेर र पापी पेट लाई भोकै राख्न नसक्ने भएपछी प्रदेश पस्न वाध्य भएका छन | फलानो ले यती कमायो,उती कमायो फलानो ले यो किन्यो त्यो किन्यो जसको मुख मा पनि हाय पैसा हाय पैसा आज यही पैसा को करण कती जनाको अकाल मृत्यु भईरहेको छ | कयौ नेपाली का छोराहरु घरबार बिहिन भएका छन हिजो को दिनमा खेती किसान र आफ्नो ब्यबसाय गर्ने मानिसहरु पनि आज झोला बोकेर प्रदेश पस्ने लहर लागि रहेको छ यो लहर कहिले सम्म हो भन्ने कुरा कसैले अड्कल गर्न सक्दैन | यो त एउटा रितिरिवाज जस्तै बन्न सक्ने लक्षण देखा परेको छ |
यो त प्रदेश पस्ने कुरा मात्र भयो प्रदेश पस्नु को मुख्य कारण र बाध्यता त यतिबेलाको अवस्था मा बताउनु पर्ने कुनै ठाउँं देखिएको छैन किन कि यो सबैजना लाई अबगत भएकै कुरा हो | घर छोडेको दिन देखी नै घरका परिवार ले पैसाको हिसाबकिताब गर्न सुरु गर्दछन, घर बाट निस्किए पछी बाटोमा बिभिन्न खाले बन्द, हड्ताल् र आन्दोलन को घेराहरु पार गर्दै प्रदेशी आफ्नो परिवारको उज्वल भबिश्य र खुशी खोज्दै आफ्नो गन्तब्य सम्म जसोतसो पुग्छ | उसलाई त्यहाँ काम मिल्छ कि मिल्दैन काम मिले पनि कस्तो काम मिल्ने हो? खाना मिल्छ कि मिल्दैन त्यो कुनै निश्चित हुँदैन | काममा लागेपछी कामदार हरुलाई कस्तो व्यबहार गरिन्छ? उनिहरुको श्रम को मुल्याङ्कन हुन्छ कि हुँदैन? यस्ता कयौ समस्याहरु सँग जुत्दै खेल्दै एउटा मज्बुरी सँग हारेको मान्छे प्रदेशी को बिल्ला लगाउछ | भित्री मन ले खुशी न भएपनी बाहिर एक झलक खुशी देखाउन वाध्य हुन्छ |
मलाई यस्तो लाग्छ यस्तो प्रकार को समस्या हामी नेपाली हरुलाई मात्र हो| देश मा गरिखान्छु भनेर पनि गर्न न सक्ने अवस्था छ नेपाल को राजनीति अस्थिरता, घुसखोरी, भ्रष्ट्रचार र गून्डागर्दी कती बेला के हुन्छ कुनै ठेगाना छैन | हामी नेपालीहरु न पुगेको कुनै देश बाँकी छैन ति देशहरुमा हामी नेपालीहरु प्रती गरिने ब्यबहार के कस्ता हुन्छन यि समस्या हरु प्रदेशीहरुलाई राम्रो सँग थाहा छ | कयौ युवाहरुको मौसम को कारण मृत्यु भएको हुन्छ कयौ चिन्ताले आत्माहत्या गर्दछन कयौ का श्रीमतीहरु अर्कै सँग बिहे गरेर गईदिन्छन | समय यस्तो छ मान्छेहरु पैसा पनि चाहन्छ माया पनि चाहन्छ यो त राम्रो पक्ष हो तर यसलाई थोरै मात्र मान्छेहरुले सदुपयोग गर्न पाएका छन जो सँग धेरै धन सम्पत्ती छ |
प्रदेश पस्नु हामीलाई कुनै रहर होइन बाध्यता हो तर यसको फाईदा अरु कसैले नै उठाइ रहेको छ हामी प्रदेशी हरुलाई न घर को न घाट को ठान्दछन प्रदेश मा मुस्किल ले कमाएको दुई चार पैसा पनि घर मा राम्रो सँग पुर्याउन मुस्किल पर्छ | भन्सार देखी लिएर पुलिस प्रशासन सबै तह का ब्यक्ती हरु बिभिन्न बहाना बनाइ पैसा खाने जुक्ती गर्छन त्यती मात्र होइन होटल मा पनि होटल वाला हरुले सुरुवात रक्सी र मासु को कुरा बाट गर्छन | यस्तो स्थिती छ हाम्रो नेपाल मा कुनै कानुन ब्यबस्था छैन कसले कुन ब्यापार गर्ने हो कसले के काम गर्नु पर्ने हो त्यस्को कुनै सिमा रेखा नै छैन आज देश चलेको छ त हामी प्रदेशीहरुले रगतपसिना बगाएर कमाएको रिमिटेन्स ले तर हामी आफ्नो घर फर्कदा पनि खुशी र चयन सँग जान न पाउदा आफुलाई सबै भन्दा अभागी महसुस गर्नु पर्छ | प्रदेश पस्ने हरुका लागि सरकार ले कुनै सिप मुलुक कार्य हरु सिकाएर बिदेश जान को लागि योग्य बनाउने प्रबिधीहरु अपनाउन सकेता पनि ति कार्यहरु गर्नको लागि छुट्टाइएको बजेट आदी बाटो न पुग्दै बिलिन हुन्छ |
कहिले घाम त कहिले पानी कहिले चिसो त कहिले तातो घर मा ति बुढा भएका बाआमा र अाफ्ना लालाबाला हरुलाई छोडि थाहा छैन कहिले सम्म हो प्रदेश बस्ने ? यस्ता कयौ समस्याहरु सँग सिनाजुरी गर्दै बलियो अवस्था आधा उमेर प्रदेश मा सक्छौ बाँकी बुढो उमेर कस्को लागि न घर परिवारको लागि न देशको लागि यस्तै गर्दै कयौ युगहरु बित्दै जाला तर हामी प्रदेशी को प्रदेश पस्ने युगमा कुनै परिवर्तन न आउने कालो बादलले ढाकेको छ | स्मरण रहोस सबै भन्दा पहिले नेपाल र नेपालीहरु ले चाहे जस्तो संबिधान बनोस आफ्नै देश मा केही गर्न सकिने काम हरुको ब्यबस्था बनोस र देश लाई बलियो बनाउने आधारभुत शक्तीको स्थापना होस | यही आशा को साथ यो चली रहेको कलम यही रोक्ने अनुमती चाहन्छु | धन्यवाद || प्रदेशी कान्छो …………



