बुधबार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर मोरङमा एक जनाको मृत्यु भएको छ ।
बिहान खेतमा काम गरिरहेको अवस्थामा ८ बजेतिर वर्षासँगै परेको चट्याङ लाग्दा नोचा-९ का ४० वर्षीय दयालाल शाहको मृत्यु भएको हो ।
चट्याङबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो । रासस
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७१