सुनको मूल्य पुनः उकालो

काठमाडौं, जेष्ठ २३ । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलामा ३ सयले महंगिएर ५१ हजार ३ सय कायम भयो । अघिल्लो दिन तोलाको ५१ हजारमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलाको ५१ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ महंगिएर ७ सय ६५ पुग्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५३ डलरको हाराहारीमा कारोबार भएको थियो । IMAGEKHABAR