उमाकान्त पाण्डे (जेठ २३ – दुबइ -) ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो !’ यसै भनाइलाई सार्थकता पार्न सम्युत अरब एमिरेट्स यूएईको दुबइमा कार्यरत नेपाली लागि परेका छन ।
दुबइका ५ तारे होटलमा बिभिन्न पेशामा कार्यरत नेपालीहरुले आफ्नो नियमित कामकाज सँगै आफ्नो देशको साँस्कृतिक जोगाउन बिभिन्न कार्यक्रमगरी साँस्कृतिक दिवश मनाएकाछन ।
दुबइमा रहेको द रित्जकार्ल्टोन दि आइएफसि , पाच तारे होटेलमा कार्यरत नेपालीहरुले होटल ब्यबस्थापकले आयोजना गरेको ‘कल्चरल डे’ अन्तर्गत आफ्नो प्रस्तुती देखाउन पाएका हुन ।
बिभिन्न १३ मुलुक नागरिकहरु सहभागी कार्यक्रममा बुधवार नेपाली मौलिकताको खाना साँस्कृतिक पहिचान झल्काउने पहिरन,पर्यटकिय स्थलहरुको फोटो प्रदशनी तथा अन्य बिभिन्न झाकी प्रस्तुत गरिएको थियो ।
नेपाल सहित स्पेन, जर्मनी, युक्रेन, थाइल्यान्ड, फिलिपिन्स, पाकिस्तान, भारत, इन्डोनेसीया, चिन, इजिप्ट, अफ्रिका, श्रिलकां लगायत मुलुकका सहभागी उक्त कार्यक्रममा बिहीवार भारतिय नागरिकले प्रदशन गरेका थिए ।
नेपालीहरुले राष्ट्रियगान गाएर कार्यक्रमको उद्घघाटन गरेका थिए भने कार्यक्रममा निलम श्रेष्ठले न्रित्य प्रदसन गरेकी थीईन । कम्पनीको मानविय स्रोत हेर्ने बिभागमा ह्युयुमेन रिसोर्चमा कार्यरत कास्कीका रुद्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
म:म,हाँसको छोइला, सेल रोटी, तथा नेपाली परीकारहरुमा अन्य बिदेशी नागरिकले समेत मिठो मान्दै खाएका थिए ।
प्रत्येक वर्ष हुने यस्तो कार्यक्रममा उत्कृष्ट हुनेले पुरस्कार समेत पाए । गत वर्ष जर्मनी पहिलो बनेको थियो भने यसपटकको नतिजा अझै दुई मुलुकको प्रदसनी पछी हुने सहभागी मध्ये एक हिरा बुढाथोकीले बताए ।
आ-आफ्नो देशको सँस्कृतिक प्रदशनीमा हुने सम्पूर्ण खर्चको ब्यबस्था कम्पनीले गरेको थियो ।
कम्पनीको जेनरल म्यानेजर प्रमुख अतिथी रहने कार्यक्रममा सहभागी सबैले खानाको स्वाद सँगै नाँच गान र आफ्नो मुलुककको मौलिकता लाई बिशेष प्रथामिकता दिएर प्रदशनी गरेका थिए ।
नेपालको प्रतिनिधित्व गरेका रुद्र गुरुङ्का अनुसार यस्तो कार्यक्रम सम्बन्धित मुलुकको काम्दारलाई खुशी बनाउन कम्पनीले हरेक बर्ष आयोजना गर्ने गर्छ ।