भुटान एअरलाइन्सले नेपालमा पनि उडान सेवा सुरु गर्ने

काठमाडौं, जेष्ठ २४ । भुटानको निजी क्षेत्रको पहिलो विमान कम्पनी भुटान एअरलाइन्सले नेपालमा पनि उडान सेवा सुरु गर्ने भएको छ । एअरलाइन्सले आगामी असार २ गतेबाट सातामा दुई उडान भर्ने जानकारी गराएको हो ।
भुटान एअरलाइन्स सञ्चालन गरिरहेको टासी एयर प्राइभेट कम्पनीले शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा सोमबार र बिहीबार उडान भर्ने जनाएको हो । कम्पनीले १ सय २२ सिट क्षमताको एअरबस